थारु अधिकारका लागि नवलपरासी-कैलालीसम्म प्रदेश निर्माण गरिनुपर्छ : भट्टराई

नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले संविधान संशोधनका लागि दलहरुबीच सहमति हुनुपर्ने बताएका छन्। बुटवलमा पत्रकारसँग कुराकानी गर्दै उनले सहमति बिना हुने संशोधनले निकास ननिस्किने कुरा बताए।

कुनै प्रदेशको सीमा परिवर्तन गर्ने नगर्ने विषय भन्दा पनि खस, आर्य, आदिवासी, जनजाति, मधेसीलगायत सबैका अधिकार सुनिश्चित गर्नु पर्नेमा ध्यान पुर्याउनुपर्ने उनको जोड थियो। संयोजक भट्टराईले प्रदेश नं ५ टुक्र्याउने वा नटुक्र्याउने भन्ने कुरा मुख्य सबाल नभएको भन्दै थारुहरुको अधिकारका लागि नवलपरासीदेखि कैलालीसम्म नटुक्रिने गरी प्रदेश निर्माण हुनुपर्नेमा जोड दिए।

कुनै दलका थोरै र धेरै सिट आउने अनुमानका आधारमा संशोधनको नाटक गर्न नहुने बताउँदै भट्टराईले संशोधनको नाममा चुनावी रोटी सेक्नु हुँदैन भन्दै ब्याङ्य गरे। उनले शासकीय स्वरुपमा पनि संशोधन गर्नुपर्ने आवश्यकता औँल्याउँदै प्रत्यक्ष निर्वाचित राष्ट्रपति र मिश्रित व्यवस्थापिका-संसद् हुनुपर्ने विचार व्यक्त गरे प्रत्यक्ष कार्यकारी प्रमुख नहुँदासम्म देशको समस्या यस्तै रहिरहने दाबी गर्दै कुनै पनि बहानामा संविधान संशोधनलाई लम्ब्याउन नहुने बताए।

Leave a Reply

Your email address will not be published.