थारु विद्यार्थी समाजद्वारा सल्लाहकार र केन्द्रीय सदस्य मनोनीत [नामसहित]

थारु विद्यार्थी समाजको केन्द्रीय समिति बैठकले सल्लाहकार र केन्द्रीय समिति मनोनयन गरेको छ। राजधानीमा बसेको बैठकले ७ जना सल्लाहकार र चार जना केन्द्रीय सदस्य मनोनीत गरेको हो।

समाजका अध्यक्ष चन्द्रप्रसाद चौधरीको अध्यक्षतामा बसेको बैठकले नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरी, एमालेका  नेतृ भगवती चौधरी, माओवादी केन्द्रका सांसद अमनलाल मोदी, फोरम लोकतान्त्रिकका सांसद जनकराज चौधरी, थारु विद्यार्थी समाजका पूर्वअध्यक्ष रेमश चौधरी, पूर्वमहासचिव मीनराज चौधरी र कानुनी सल्लाहकारमा मधुसुदन चौधरीलाई मनोनीत गरेको हो।

त्यस्तै केन्द्रीय सदस्यमा चितवनका राजकुमार थनेत, कपिलवस्तुका सुमित्रा चौधरी र कञ्चनपुरका दिलबहादुर चौधरीलाई मनोनीत गरेको अध्यक्ष चन्द्रप्रसाद चौधरीले जानकारी दिए। उनका अनुसार प्राविधिकतर्फ सिरहाका आशिष चौधरीलाई पनि केन्द्रीय सदस्यमा मनोनीत गरेको छ।

जिम्मेवारी बाँडफाँड भने अर्को बैठकले गर्ने अध्यक्ष चौधरीले बताए।

 

Leave a Reply

Your email address will not be published.