सुरेन्द्रप्रसाद थारुलाई आइएमइको स्कुटर उपहार

रेमिट्यान्स सेवा प्रदायक कम्पनी इन्टरनेशनल मनि एक्सप्रेस (आइएमइ)ले दशैं-तिहारलाई लक्षित गरी ल्याएको ‘आइएमई, हात हुँदैन खाली’ भन्ने ग्राहक योजनाका विजेताहरुको नाम घोषणा गरेको छ । जसअनुसार विदेशमा रहेका नेपालीहरुले आइएमइमार्फत असोज १ गतेदेखि ३० सम्म नेपालमा रेमिट्यान्स पठाउनेहरुमध्येबाट ४ जना भाग्यसाली विजेताहरुको नाम सोमबार काठमाडौंमा घोषणा गरेको हो ।

विजेताहरु लक्की ड्रमार्फत छानिएको आइएमइका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले जानकारी दिए । आइएमइले साप्ताहिक लक्की ड्रमा विजयी हुनेलाई प्रत्येक हप्ता १ जनाको दरले ४ थान यूएम स्कुटर उपहार स्वरूप प्रदान गरेको हो ।

मलेसियाबाट ३५ हजार रुपैयाँ रेमिट्यान्स पठाउने तिलकबहादुर श्रेष्ठ आइएमइको स्कुटरको प्रथम भाग्यसाली विजेता छन् । उनले लालबहादुर श्रेष्ठका नाममा रेमिट्यान्स पठाएका थिए ।

त्यसैगरी, दोस्रो बिजेता बनेका छन् सुरेन्द्रप्रसाद थारु । थारुले कतारबाट भीमबहादुर चौधरीलाई १० हजार १२ रुपैयाँ पठाएका थिए । आङ नर्वु शेर्पा तेस्रो बिजेता भएका छन् । उनले मलेसियाबाट विन्दु खड्कालाई २० हजार ६ सय रुपैयाँ पठाएका थिए ।

त्यसैगरी, पशुराम दाहालको नाममा डेनमार्कबाट २ हजार २ सय रुपैयाँ पठाउने सरोज श्रेष्ठ चौथो भाग्यशाली विजेता बनेका छन् ।

आइएमइले राजधानीको रोयल सिंहे होटलमा पत्रकार सम्मेलन गरी रेमिट्यान्स पठाउनेहरुले सिफारिस गरेका उनीहरुका आफन्तलाई स्कुटरको चावी हस्तान्तरण गरेको छ । आइएमइ समूहका अध्यक्ष चन्द्र ढकाल, सीइओ सुमन न्यौपाने र ब्राण्ड एम्बेस्डर दिपकराज गिरीले संयुक्तरुपमा स्कुटरको चाबी हस्तान्तरण गरे ।

‘आइएमइ हात हुँदैन खाली’ भन्ने योजनामा सहभागीहरुलाई अन्य आकर्षक उपहार योजनाहरु पनि थिए । आइएमई ब्रान्डेड टि-सर्ट, क्याप, टर्च, सपिङ्ग झोला, पेन, स्टेशनरी सेट लगायतका उपहार यसअघि नै प्रदान गरिसकेको छ ।

आइएमइले निश्चित उपहारका अतिरिक्त दैनिक लक्की ड्रमा विजयी हुने १० जनालाई जनही २ वटाका दरले ३ सय चन्द्रागिरी केबलकारको टिकट उपलब्ध गराइसकेको सीइओ पोखरेलले बताए ।

Leave a Reply

Your email address will not be published.