मिस इन्टरनेशनलको ‘पिपुल्स च्वाइस’मा वर्षा लेखी अगाडि

नेपालको प्रतिनिधित्व गर्दै मिस इन्टरनेशनलमा सहभागी हुन जापान गएका वर्षा लेखी पिपुल्स च्वाइसमा सबै प्रतिनिधिलाई उछिनेकी छन्। भोटको माध्यमबाट भइरहेको पिपुल च्वाइसमा लेखीले यो समाचार तयार पार्दासम्म ११ हजार ५ सयभन्दा बढी भोट पाएका छन्। उनका प्रतिद्वन्द्वीका रुपमा देखिएकी मिस भियतनामले १० हजार ८०० बढी भोट पाएकी छन्।

त्यस्तै तेस्रो नम्बरमा मिस स्पेन ८ हजार ६ सय  र चौथोमा मिस फिलिपिन्स ४ हजार ८ सय भोट पाएकी छन्। लेखीले पूरा ७ भोटका साथ अगाडि देखिएकी छन्। यो विद्यामा धेरै भोट पाउने कन्टेस्टेन्टले पिपुल्स च्वाइसको टाइटल प्राप्त गर्नेछिन्।

मिस इन्टरनेशनलको ५६औं संस्करण अक्टुबर २७ मा जापानको टोकिया सहरमा आयोजना हुँदैछ।

नेपालको प्रतिनिधि वर्षा लेखीलाई तपाईँले पनि भोट दिएर जिताउन सहयोग गर्न सक्नुहुन्छ। त्यसका लागि तलको लिङ्कमा क्लिक गरेर नेपाल-वर्षा लेखीमा भोट गर्न सक्नुहुन्छ।

http://missosology.info/forum/viewtopic.php?f=5&t=1333195

यो पनि पढ्नुस्:

मिस इन्टरनेश्नलमा वर्षा लेखीद्वारा ट्यालेन्ट प्रस्तुत

तस्बिरमा वर्षा लेखी

Leave a Reply

Your email address will not be published.