थारु विद्यार्थीको लागि छात्रवृत्तिको अवसर

गरिब तथा जेहेन्दार थारु विद्यार्थीको लागि छात्रवृत्ति खुलेको छ। थारु एन्ड फ्रेन्ड्स एसोसियसन अमेरिकाले प्लस टु, स्नातक र स्नातकोत्तरका लागि छात्रवृत्ति आह्वान गरेको छ। इच्छुक विद्यार्थीले अंग्रेजी महिनाको अक्टुबर ३१ सम्म फारम बुझाइसक्नुपर्नेछ। थारु समुदायको हरेक क्षेत्रमा सहयोग पुर्‍याउँदै आएको थारु एन्ड फ्रेन्ड्स एसोसियसनले २०१६-०१७ का लागि छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको संस्थाका सचिव सत्यनारायण चौधरीले जानकारी दिए।

यो संस्था विगत ९ वर्षदेखि जेहेन्दार थारु विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्दै आएको चौधरीले बताए। गत वर्ष पनि १२ जना मेधावी विद्यार्थीलाई जनही २५ हजारका दरले छात्रवृत्ति रकम प्रदान गरेको उनले बताए। ‘विगत वर्षजस्तै यस वर्ष पनि थारु विद्यार्थीका लागि छात्रवृत्ति आह्वान गरेका छौं,’ सचिव चौधरीले थारुवानसँग भने, ‘मुक्त कमैया कमलरीका छोराछोरी, महिला, अशक्त र आर्थिकरुपले कमजोर भएका विद्यार्थीलाई विषेश प्राथमिकतामा राख्नेछौं।’

छात्रवृत्तिको आवेदन दिन चाहने विद्यार्थीले थारू एण्ड फ्रैण्ड्स एशोसिएसनको फेसबुक पेजमा गई फारम डाउनलोड गर्न सकिन्छ। फारम उल्लेख भएअनुसारका डकुमेन्ट [email protected] मा पठाउनुपर्ने सचिव चौधरीले बताए। चौधरीका अनुसार छात्रवत्तिको नतिजा डिसेम्बर ३१ मा सार्वजनिक गरिनेछ।

धेरैभन्दा धेरै मेधावी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न सकियोस् भन्दै सो संस्थालेे विदेशमा बस्ने महानुभावहरुलाई आर्थिक सहयोग गर्न अपिल पनि गेरको छ। आर्थिक सहयोग उपलब्ध गराउन चाहनेले [email protected] मा इमेल गर्न सकिने सो संस्थाले जनाएको छ।

आवेदन फारम डाउनलोड गर्नुस्

छात्रवृत्तिको नीति, नियम

पहिलाेपटक प्रकाशित  Sep 5, 2016 @ 22:30

Leave a Reply

Your email address will not be published.