थारु भाषाको फिल्म भौँराको च्यारिटी सो असोज १४ गते शुक्रबार राजधानीको विश्वज्योति हलमा हुँदैछ। चम्पन साँस्कृतिक समूहको पहिलो प्रस्तुति रहेको यो फिल्ममा थारु समुदायमा विद्यमान कूरितीहरुबारे देखाइएको छ। फिल्ममा थारु रीतिरिवाज र साँस्कृतिबारेको कथावस्तु पनि समेटिएको निर्माता नन्दुराज चौधरीले जानकारी दिए। २५ लाख लगानीमा बनेको फिल्ममा अधिकांश कलाकार नयाँ छन्। थारु फिल्म क्षेत्रमा नयाँ अनुहारलाई प्लाटफर्म दिने हिसाबले पनि फिल्मको निर्माण गरेको निर्माता चौधरीले जानकारी दिए।
दाङमा सुटिङको भएको फिल्मलाई कृष्ण चौधरीले निर्देशन गरेका छन्। श्रीनारायण चौधरीको पटकथा रहेको फिल्मलाई अनुभवी छाँयाकार हरिनारायण चौधरीले खिचेका छन्। फिल्मको नृत्य निर्देशकमा दीपक चौधरी, हरि वाग्ले र दीपक दीप छन्। फिल्म दाङको थारु वस्ती र देउखरी वरिपरि खिचिएको छ।
फिल्ममा निर्माता नन्दुराज चौधरीसहित, कृष्ण चौधरी, श्रीनारायण चौधरी, सोनु थारु, अन्जु चौधरी, रीमा चौधरी, राज कुस्मी, हरि चौधरी, रोशन रत्गैँया, फिरु चौधरी, वीरबहादुर चौधरी, समीक्षा चौधरी, राम कठरियालगायतको अभिनय रहेको छ।
हेर्नुस् फिल्मका दस तस्बिर
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर