जङ्गल सफारीको सौराह घुम्ने ‘आकर्षक अफर’

चितवनको सौराहामा रहेको जङ्गल सफारी लजले आन्तरिक पर्यटकलाई लक्षित गरी ‘दसैँ तिहार दुई रात अफर’ योजना ल्याएको छ। असोज १ देखि कात्तिक ३० सम्म लागू हुने यस योजनाअन्तर्गत दुई पर्यटकले दुई रात तीन दिनसम्म सौराह घुम्न सक्ने छन्। यस प्याकेजमा सहभागी हुनेले लन्च, डिनर र ब्रेकफास्ट सहित सम्पूर्ण सफारी गर्न पाउने जङगल सफारी लजका प्रबन्ध निर्देशक सुमन घिमिरेले जानकारी दिए।

उनका अनुसार पर्यटकहरुले सौराहामा हात्ती सफारी, डुङ्गा सयर, हात्ती प्रजनन केन्द्र, थारु नाच, सूर्यास्त र थारु गाउँ अवलोकन गर्न पाउनेछन्।

यस योजनामा सहभागी हुने पर्यटकलाई भरतपुर–काठमाडौंको दुईतर्फी हवाई टिकट समेत दिइने घिमिरेले जानकारी दिए। ‘हामीले अहिलेको सडकको अवस्थालाई मध्यनजर गरेर हवाई मार्ग मार्फत पर्यटक आकर्षण गर्न, विशेषत आन्तरिक पर्यटकलाई लक्षित गरी यो योजना ल्याएका हौँ’ उनले भने।

यो सम्पूर्ण प्याकेजको लागि जम्मा शुल्क २५ हजार रुपैयाँ रहेको छ। पूर्ण वातारणअनुकुलित कोठा, रेष्टुरेण्ट र वाइफाई सुविधाका साथै पर्यटक सौराहका सबै गतिविधिमा सहभागी हुन सक्ने उनको भनाई छ।

यो योजना अनुसार पर्यटकलाई एयरपोर्ट बाट पिक अप, ड्रपको व्यवस्था निशुल्क रुपमा गरिएको घिमिरेले बताए। उनले भने ‘आन्तरिक पर्यटन फस्टाए हामीले पर्यटन क्षेत्रमा धेरै फड्को मार्न सक्छौँ, त्यही उद्देश्यका लागि हामीले यो योजना ल्याएका हौँ’ होटलका अनुसार विभिन्न सभा गोष्ठीको लागि सेमिनार हलमा समेत यो अवधि भर छुट रहने छ।

Posted Under

Leave a Reply

Your email address will not be published.