सौराहाको होटल व्यवसायमा जम्दै सुरेन्द्र चौधरी

Surendra Chaudhary Bussinessman sauraha chitwan 03सौराहाका सुरेन्द्र चौधरी एक वर्षअघि ट्राभल एजेन्सीका कर्मचारी थिए। फुर्सदमा दुध, दही र खाद्यन्नको व्यापार पनि गर्थे। दिनभरि ट्राभल एजेन्सीमा खटिनु र बचेको समयमा दुध, दही बेच्नु उनको दैनिकी बनेको थियो। उनले आफैंमाथि प्रश्न गर्थे- आखिर कहिलेसम्म यसरी गुजारा चलाउने?

Surendra Chaudhary Bussinessman sauraha chitwan 05उनले आफैं मालिक बन्ने योजना भने बनाएका थिए। त्यही योजनाअनुरुप उनले सबै काम छाडेर होटल व्यवसायमा आउने निर्णय गरे। उनले आफ्नो भागको पाँच धुर जग्गा बेचेर एक कठ्ठा तीन धुर जग्गा लिए। त्यसका लागि उनले बैंकलाई आफ्नो कन्सेप्ट सुनाए। बैंकले पनि ऋण दिन राजी भयो। अथक प्रयासपछि उनी मालिक बन्ने अवसर जुराए।

Surendra Chaudhary Bussinessman sauraha chitwan 04अहिले सौरहाको बसपार्क नजिकै उनले होटल स्वस्तिक लज एन्ड रेष्टुरेन्ट सञ्चालनमा ल्याएका छन्। डेढ करोड लगानी रहेको होटलमा ४० जना अटाउने कोठा र ६० जना अटाउने कन्फ्रेन्स हल रहेको छ। एक हजारमा उनले कोठासहित ब्रेकफास्टको व्यवस्था गरेको छ। लन्च र डिनरको भने शुल्क तिर्नुपर्छ। ‘विदेशीका लगि सौराहामा जति पनि होटल छन्। हामीले आन्तरिक पर्यटकलाई लक्षित गर्दै होटल खोलेका हौं,’ ३३ वर्षीय चौधरी सुनाउँछन्।

Surendra Chaudhary Bussinessman sauraha chitwan 01चौधरीले सौराहाको सस्तो प्याकेज पनि सुरु गरेका छन्। जसका लागि ४५ सय रुपैयाँमा दुई रात तीन दिन बस्न सकिन्छ। यही रकममा हात्ती चढ्नेदेखि सौराको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ।

उनले होटलमा थारु खानाको पनि व्यवस्था गरेका छन्। उनको होटलमा घोङी, चिचर, आलुको चोखा, चटनी, ढिकरी इत्यादि खान पाइन्छ। खान चाहनेहरुका लागि हाँसको मासु र माछा पनि थारु स्वादमा खान पाइन्छ।

उनको कर्ममा उनकै धर्मपत्नी सोमती चौधरीले साथ दिन्छिन्। काउन्टरमा बस्नेदेखि किचेनसम्म पत्नी सोमतीले उनलाई सघाउँछिन्। उनले यही होटलको Surendra Chaudhary Bussinessman sauraha chitwan 02कमाईबाट आफ्नो घरपरिवारको गुजारा पनि चलाउँछिन्। उनको घरमा पत्‍नीसहित छोरी, बुबाआमा र दुई बहिनी छन्।

‘मेहनतको फल मिठो हुन्छ। मेहनत गरेरै यहाँसम्म आइपुगेको हुँ। त्यसैले मेहनत गर्न पछि नपर्न सबैलाई सुझाव दिन चाहन्छु,’ उनले भने। उनले छिट्टै नै तीन चार कठा जग्गा लिएर पार्टी प्यालेस र स्विमिङ पुल बनाउने योजना बनाएका छन्। यसैबीच उनले नवलपारसीको अमलटारीमा पनि होटल सञ्चालन गर्ने भएका छन्। त्यसका लागि जग्गा पनि लिइसकिएको उनले सुनाए। ‘योजना त बन्दीपुरमा होटल थप्ने थियो। तर जग्गा नपाएर अमलटारीमा बनाउने भयौं। त्यहाँ पनि छिट्टै होटलको काम सुरु हुन्छ,’ उनले भने।

Leave a Reply

Your email address will not be published.