यी दम्पती जो सबैको ध्यान खिच्न सफल हुँदैछन्

ब्राजिलका एक होचा दम्पती पाउलो ग्याब्रियल डि सिल्भा बारोस र क्याथुसिया होसिनो अहिले समाचारमा छाइरहेका छन् । ३४ दशमलव ८ इन्च अग्ला पाउल तथा ३५ दशमलव २ इन्च अग्ली क्याथुसियाको जोडीलाई विश्वकै होचा दम्पतीका रूपमा नाम दर्ता गराउने अभियान समेत प्रारम्भ भएको छ ।

३० वर्षीय पाउल र २६ वर्षीया क्याथुसियाको पहिलो भेट १० वर्ष अघि सामाजिक सञ्जालमा भएको थियो । सामाजिक सञ्जालमा आफूलाई होच्याए जस्तो लागेपछि क्याथुसियाले पाउललाई १८ महिनासम्म ब्लक गरिइन् । क्याथुसियाले ब्लक खोलेको एक मिनेटमै पाउलले हेल्लो मेसेज पठाए । उनीहरूबीचको च्याट भर्चुअल प्रेममा बदलिँदै गएपछि पाउल करिब ३ सय किलोमिटर यात्रा गर्दै क्याथुसियालाई भेट्न गए । भेटपछि उनीहरूले एकसाथ रहने निर्णय पनि गरे ।

क्याथुसिया पेसाले सौन्दर्यकर्मी हुन् । उनीहरूले आफ्ना पनि सन्तान हुन् भन्ने चाहेका थिए । यद्यपि होचो कदका कारण पाठेघर पनि सानो भएले क्याथुसियाको गर्भ नरहने चिकित्सकहरूले बताएका छन् । त्यसैले उनीहरूले आफूसँग जे छ त्यसैमा रमाउने निर्णय गरेका छन् ।

Leave a Reply

Your email address will not be published.