काभ्रेमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३१ पुगेको छ। करिब ३५ जना घाइते छन्। घाइतेलाई उद्धार गर्न नेपाली सेनाको हेलिकोप्टर घटनास्थल पुगेको छ।
काठमाडौंबाट काभ्रेको कोशीपारि कात्तिके देउराली जाँदै गरेको बा ३ ख १०६ नम्बरको यात्रुबाहक बस विर्तादेउराली–७ खहरेखोला नजिकै सडकबाट करिब ३ सय मिटर तल खसेर दुर्घटना भएको हो। प्रहरीले दुर्घटनामा ३१ को मृत्यु भएको पुष्टि गरेको हो।
सले कोचाकोच यात्रु राखेको थियो। बसभित्र र छतमा गरी करिब ८५ जना यात्रु रहेको प्रहरीले जनाएको छ। अत्यधिक यात्रु बोकेको बस अनियन्त्रित भएर विर्तादेउराली ७ खहरेखोला नजिकै सडकबाट तल खसेको थियो।