युरोपको उत्कृष्ट खेलाडीको सूचीमा मेस्सी परेनन्

अर्जेन्टिानाका पर्वकप्तान तथा वार्सिलोनाका स्टार लियोनल मेसी युरोपेली फुटबल एसोसिएसन युइएफएले यस वर्षको उत्कृष्ट खेलाडीका लागि सार्वजनिक गरेको अन्तिम तीनको सूचिमा स्थान बनाउन असफल भएका छन्।

युइएफएले शुक्रबार सार्वजनिक गरेको सूचिमा पोर्चुगल तथा रियल मड्रिडका स्टार क्रिस्टियानो रोनाल्डो , फ्रान्स तथा एथलेलिको मड्रिडका एन्टोनियो ग्रिजम्यान र वेल्स तथा रियलकै स्ट्राइकर ग्यारेथ बेल उत्कृष्ट तीनमा पर्न सफल भएका छन्। यस पटकको सूचिमा परेका तीनै खेलाडी स्पेनिस लिगका रहेका छन्। यस सूचिमा मेसीलाई उनकै क्लबका लुइस स्वारेजलेपछि पारे। स्वारेज चौथो स्थानमा रहँदा मेसी सूचिको पाँचौ स्थानमा रहे ।

युरोकप २०१६ का उत्कृष्ट खेलाडी समेत रहेका ग्रिजम्यान यो सूचिमा परेको पहिलो पटक हो। युइएफएका ५५ सदस्य राष्ट्रका खेल पत्रकारले दिएको भोटिङका आधारमा अन्तिम तीन खेलाडीको नामावली सार्वजनिक गरिएको हो ।

पोर्चुगललाई पहिलो पल्ट युरोकप २०१६को उपाधि दिलाउनुका साथै रियललाई यसै सिजन च्याम्पियनन्स् लिगको उपाधि दिलाएका रोनाल्डोलाई  यस पटक प्रमुख दाबेदारको रुपमा हेरिएको छ ।  अगस्ट २५ मा फ्रान्सको मानोकोमा हुने युइएफई च्याम्पियनन्स् लिगको खेल तालिका सार्वजनिक गर्ने क्रममा विजेतकाको घोषणा गरिनेछ।

Leave a Reply

Your email address will not be published.