मोटरसाइकल दुर्घटनामा सप्तरीका हरि चौधरीको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कल्यानपुरस्थित विसनपुर चोकमा मोटरसाइकल दुर्घटनमा परी आज एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको कल्यानपुर गाविस–८ निवासी हरि चौधरी रहेको प्रहरीले जनाएको छ। ३५ वर्षीय चौधरीको भारतस्थित सिलिगुढीको पारामाउन्ट अस्पतालमा उपचारको क्रममा आज बिहान मृृत्यु भएको इलाका प्रहरी कार्यालय कल्यानपुरले जनाएको छ।

पश्चिमबाट पूर्वतर्फ जानेत्रममा चौधरी चढेको ना १८ प ४७६४ नम्बरको मोटरसाइकलमा अज्ञात सवारी साधनले राति ठक्कर दिएपछि उनी घाइते भएको प्रहरीको भनाइ छ । यता ठक्कर दिने सवारी साधनको खोजीकार्य भइरहेको प्रहरीले बताइएको छ । रासस

Leave a Reply

Your email address will not be published.