एसएलसीमा उत्कृष्ट अंक ल्याउने थारु विद्यार्थी सम्मानित

एसएलसी परीक्षामा उत्कृष्ट अंक ल्याउने थारु विद्यार्थीहरु सम्मानित भएका छन्। सन्जय चौधरी नेतृत्वको थारु विद्यार्थी समाजले उनीहरुलाई सम्मान गरेको हो। राजधानीको तमुबौद्धमा आयोजित कार्यक्रममा फोरम लोकतान्त्रिकका सांसद जनकराज चौधरीले विद्यार्थीहरुलाई सम्मान पत्र प्रदान गरेका थिए।

कार्यक्रममा यसअघि गराइएको बुद्धिचाल प्रतियोगिताका विजेताहरुलाई पनि पुरस्कार वितरण गरियो।

कार्यक्रममा थारु युवा सभाका अध्यक्ष कानुनलाल चौधरी, लाहुर्निपको अधिवक्ता पुनम माझी, थरुहट परिसद्की सचिव गीता चौधरीलगायतले थारु विद्यार्थीहरु एक जुट भएर अधिकारको लडाइँ लड्नुपर्ने बताएका थिए।

Leave a Reply

Your email address will not be published.