गच्छदारको पार्टी ओली सरकारबाट बाहिँरिँदै

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री विजयकुमार गच्छदारले नेतृत्व गरेको मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)ले सरकारबाट हटने निर्णय गरेको छ । पार्टीका नेताहरूले यसलाई तत्कालै सार्वजनिक नगर्ने निर्णय गरेकाले विज्ञप्ति जारी नगरिएको नाम नखुलाउने सर्तमा बैठकमा सहभागी एक नेताले जनाएका छन्।

पार्टी स्रोतका अनुसार औपचारिक रूपमा पार्टीले तीन ठूला दललाई देशलाई मुठभेडबाट जोगाउन आवश्यक पहल गर्न आग्रह गर्ने निर्णय गरिएको छ । कार्यसम्पादन समितिका सदस्य र काठमाडौंमा उपस्थित सांसदहरूको उपस्थितिमा यो निर्णय गरिएको छ ।

बिहीबार बस्ने संसद्को बैठकको अवस्थालाई अवलोकन गरी पार्टीले वर्तमान राजनीतिक परिस्थितिबारे लिइएको निर्णय सार्वजनिक गरिने ती नेताले जनाए ।

-कारोबार दैनिक

Leave a Reply

Your email address will not be published.