सुशील चौधरी
भाषा तथा साहित्यिक विर्मश आफैमा जटिल कर्म हो। सजिलो हुँदोहो त जो कसैले जहिले पनि गर्ने थिए। तर यति जटिलतम कार्यमा सिर्जनकीलता देखाउन मानिस कहिल्यै पछि परेको छैन। एक्काइशौ शदीको सभ्यता, मानवीय मुल्य मान्यता त्यसैको प्रमाण हो। थारु विद्धान गुर्वावाहरुले पनिा यस क्षेत्रमा अतुलनीय योगदान पुर्याएका छन्। त्यसो त समय–समयमा थारु साहित्यिक जमघट नभएको होइन, साठीसालमा नेपालगञ्जमा सुरु गरिएको मासिक श्रृखला नै एक वलियो सुरुवात थियो, जसका सूत्राधार कृष्ण सर्वहरी थिए। त्यसबेला थारु साहित्यको विकासको सपना मनमा साँचेर नेपालगन्ज नगरी झरेका थिए उनी परिवार र बालबच्चा सहित, एक रेडियो कार्यक्रमको संयोजक भएर। अठ्ठाइस सालमा गोचाली पत्रिका दाङबाट छरिए पछि २०३४ सालमा तत्कालिन महान्यायधीवक्ता रामानन्द प्रसाद सिंहको सक्रियतामा साहित्यिक सुरुलाई सुरु गरिएको मानिन्छ। थारु कल्याणकारिणी सभाको मुखपत्रको रुपमा संस्कृति पत्रिका पनि निस्कन थाल्यो, यद्यपी निरन्तर छ वार्षिक भएपनि। सत्तरीको पुवार्धमा एक सरस सलिल समुहको सक्रियतामा जंग्रार साहित्यक वखेरी जन्म्यो, जसको सूत्राधार लेखक स्वयंम र गजलकार तथा रेडियो कार्यक्रम प्रस्तोता सोम डेमन्डौरा थिए। जंग्रार साहित्यिक बखेरीले सुस्ताएको थारु साहित्यिक माहौल एकाएक ततायो। कैलालीमा छिटकल साहित्यक वगाल सागरकुश्मी र जन्ती चौधरी जुर्मुराए।
२०६९माघ महिना देखि यो पंतिकार काम विशेषले काठमाण्डौको बसाई हुने भएपछि काठमाण्डौ बस्ने यूवा विद्यार्थीहरुले कीर्तिपुरको स्वागत कार्यक्रममा साहित्यिक महफिल वन्दछ। त्यपछिका दिनमा ४० औ श्रृखला ठूम्रार साहित्यिक बखेरीको र्कीर्तिपुरमा सम्पन्न भएसकेको छ। दाङ–देउखुरीमा लाव डग्गर त्रैमासिकको सक्रियतालाई पनि भुल्न सकिन्न। घोराहीमा हर्चाली साहित्यिक श्रृखलाका लागि के.वी चौधरी,माधव अनुरागी, सन्तोष दहित लगायत दर्जनौ यूवाहरुकोको क्रियाशीलता पनि नमनीय नै छन्।
कैलालीमा छिटकलबाट जिउगर र जिउगर पछि हिरगर साहित्यिक बगालले साहित्यिक माहोल तटाएका छन्। हिरालाल सटगौवा, सागर कुभी, गंगा डगौरा, सत्यनारायण दहित, जीत ट्राशन र रवीना चौधरी अन्य युवा गजलकाहरुले मच्चाएको हलचल पनि कम लोभ लाग्दो छैन। जग्रार साहित्यिक वखेरीले सामाजिक संजाल मार्फत विश्वभर छरिएर रहेका श्रष्टाहरुलाई एकैठाँउमै गोलवन्द गरेको छ। कपिलवस्तुमा बुद्धसनेस परिवार र चितवनमा संघातीया बगालले पनि पश्चिम नेपालको मासिक तथा साहित्यिक उन्नयनमा योगदान दिएका छन्।
२०७२ मा कृष्ण सर्वहारीको कमैया बस्तीम भगनवा लघुकथा संग्रह, सुशील चौधरीको विरहुल बसिया कविता संग्रह, छवि कोपिलाको हमार संस्कृति, पुनराम करियावरिकाको गजल संग्रह, सीता निश्छलको पर्गोह्रनी गजल संग्रह मानवहादुर चौधरी र भागिराम चौधरीको अख्वारी द्वैमासिक प्रकाशन सुरु भएको कुरा कोशेढुंगा नै भए। यसवर्ष साहित्यिक अभियान वर्ष भयो। यी सवै गतिविधिहरुको पृष्ठभूमिमा पहिलो थारु साहित्यि समीक्ष समालोचना र विमर्शको सन्दर्भमा २०७३ बैशाख ३ र ४ गते भएको घोराहीको साहित्यिक मेला ऐतिहासिक रह्यो। नेपाल प्रज्ञा प्रतिष्ठान संगको पहिलो थारु साहित्यिक सहकर्मी भयो, दाङ, जिल्ला विकास समितिलगायत आधा दर्जन बढी संस्थाहरुले सहकार्य गरे। यो पनि सुखद सुरुवात थियो।
साहित्यिक मेलाको उद्घाटन सत्रमा प्रज्ञा प्रष्तिठानका प्रज्ञा एवं मातृभाषा साहित्यि विभाग प्रमुख साहित्यिकार श्रवण मुकारुङले प्रज्ञा प्रष्तिठानले मातृभाषाको साहित्यिलाई यथोचित न्याय गर्न नसेको स्वीकार गरे। उनले नेपाली इतर भाषाको विकासको सावललाई हेर्ने दुई किसिमका विचार विद्यमान रहको वताए। उनका अनुसार मातृभाषाको विकासले राष्ट्रियता बलियो बनाउदै भन्ने प्रगतिशील विचार रहेको र यसले राष्ट्रियता कमजोर वनाउने र साम्प्रदायिकता भइकाउने प्रतिगामी विचार रहेको वताए। वरिष्ठ लेखक एवं अनुसन्धानकर्ता महेश चौधरीले थारुभाषाको ऐतिहासिक पत्रिका गोचाली दाङबारे चर्चा गरे पंचायती व्यवस्था विरुद्धवागी विचार बोकेकाले गोचालीका अभियान्ताहरुलाई तत्कालीन सरकारले दुःख दिएको बताए। त्यसवेला पर्याप्त मात्रामा प्रेसहरु नभएकाले गोचाली वनारसमा छाप्नु परेको वताए। आज नयाँ पुस्ताहरु थारु भाषा साहित्यिको विकासमा लागेको देख्दा खुशी व्यक्त गरे ।चर्चित कवि विप्लव ढकालको उपस्थिति नै महत्वपूर्ण थियो, उनका कविताले पैदागरेका झंझनाहटको कसरी तारिफ गर्नु र। मेलामा थारु आख्यानबारे वरिष्ठ साहित्यिकार कृष्णसर्वहारीले कार्यपत्र प्रस्तुत गरेका थिए, टिप्पणी शुसिल चौधरीले गरेका थिए। थारु आख्यान लेखनको अवस्थाबारे विस्तृत विमर्श गरिएको थियो। थारु उपन्यास र कथाको बेलिबिस्तार लगाइयो। पंतीकारले थारु भाषाको मानवकताको प्रश्नवारे चर्चा पारेको थिए। थारु समकालीन कविताको अवस्थाबारेमा छवि कोपिलाले कार्यपत्र प्रस्तुत गरेका थिए भने टिप्पणी साहित्यकार एवं अध्यापक टीकारम उदासीले गरेका थिए। दिलबाहदुर चौधरी, सोम डेमनडौरा, कुमार अभागीले पनि टिप्पणी गरेका थिए। जिल्लागत रुपमा थारु भाषा साहित्यको अवस्थाबारेमा पनि चर्चा गरिएको थियो।
मेलाको अर्को महत्वपूर्ण पाटो पुस्तक प्रदशर्नी पनि थियो। थारुभाषामा र थारु समुदायको बारेमा लेखिएका पुस्तक तथा पत्रपत्रिकाहरु स्टलमा राखिएका थिए। उद्घाटत सत्र घोराही स्थित नेपाल पत्रकार महासंघको हलमा र छलफल सत्र सौडियारको राजपुर गाँउमा भएकोले कार्यक्रमले गाउँ र शहरलाई जोडेको थियो।राष्ट्रिय स्तरमा समालोचात्मक बहस अन्तरक्रिया भएको पहिलो भएकोले पनि अति महत्वपूर्ण र ऐतिहासिक रह्यो। चितवन देखि कचनपुर सम्म र काठमाण्डौ लगायत करीब दस जिल्लामा सयौ प्रतिनिधिहरुको सहभागिता रहेको उक्त मेलामा सयौ साहित्यकार लेखक र साहित्यक साथीहरुको जमघट अधिक थियो। गाउँमा स्थानीय ब्यवस्थापनमा सम्भव त्यस कार्मक्रमले यतिठूला साहित्कि सम्मेलन समुदायको ब्यवस्थापन कम खर्चमा पनि गर्न सकिने कुरा ब्यवहारत सिद्ध गरिदियो। त्यसमा पनि समुदायले दिएको माया र स्नेहले सबै सहभागिहरुको थप उर्जा बढायो। समुदायले पनि साहित्यकार, लेखक कवि तथा कलाकारहरुसंग सामिप्यता राख्न पाएर खुशी भए। साहित्यको काम समाजलाई जोड्ने र उन्नत विचारको प्रज्वलन गर्ने हो जुन पहिलो साहित्यिक मेलाले गर्न सक्यो। दर्जनौ श्रष्टाहरुले यस वर्ष कम्तीमा एक कृति प्रकाशन गर्ने सार्वजनिक प्रतिवद्धता जनाए।
चौध बुँदे दाङ घोषणपत्र पनि मेलामा पारित भयो, जुन अर्को ऐतिहासिक उपलब्धी हो। बार्षिक रुपमा साहित्यिक मेला गर्ने, दोश्रो मेला कैलालीमा आयोजना गर्ने, मानव भाषाका लागि मिलेर काम गर्ने आरयान साहित्य र समालोचना लेखनमा ध्यान दिने, भाषा साहित्यको विकासका लागि स्थानीयत तथा राष्ट्रिय श्रोत परिचालनमा प्रसार गर्ने जस्ता बुँदे समेटिएका छन्। यसका यसका साथै साहित्यको विकासका लागि संगठित प्रयासका लागि थारुले रकम संघ गठन गरे र योजनाबद्ध रुपमा आगाडी वढ्ने समेत प्रतिवद्धता ब्यक्त गरिएको छ। मेलाको अन्त्यमा लेखक तथा पत्रकार कृष्ण सर्वहारीको संयोजकत्वमा थारु लेखक संघ। गरि गरिएको छ। जस्मा सुशील चौधरी, बर्दिया, छवि कोपिला, के. वि. चौधरी दाङ, दिल वहादुर चौधरी, जीत ट्रासन,कैलाली,,सोम डेमनडौरा बाँके, बालिका चौधरी सीता निश्चल बर्दिया बम वहादुर चौधरी, रुपन्देही कुमार अभान चितवन, राम प्रसाद अन्धकार र कपिलवस्तु रहेका छन्।
मुलुक संघीय व्यवस्थाको कार्यान्वयनमा जुटिरहेको पहिचानको मुद्धा सशक्त रुपमा उभि्ररहेको बेलामा भाषिक तथा साहित्यिक उन्नयनका हेतु आयोजित पहिलो साहित्यिक मेला आफैमा समय सान्यर्भिकर औचित्यपूर्ण थियो। यसले लेखक, साहित्यकारहरुको जाँगरका उर्जा थपेको छ भने सामाजिक सचेतनापनि बढाएको छ। साहित्यिक विमर्श र परिशीलन आफैमा एक अति महत्वपूर्ण कुरा भएकोले समकालीन समाजको अग्रगतिका लागि कोशेढुङ्ग सावित भएको छ। थारु भाषा साहित्यको संगठित विकासका लागि साझा मंच थारु लेखक संघ जन्मिएको छ, पक्कैपनि यस मञ्चले थारु भाषा साहित्य लेखनमा योजनावद्ध प्रयास थाल्नेछ। त्यसैले पनि यो साहित्यिक मेलाको ऐतिहासिक महत्व रहेको छ। थारु साहित्यकारहरुको राष्टि्रय स्तरको जमघटले थारु भाषा लेखोन्मुख भाषा रहेन, थारु भाषामा वार्षिक दर्जनबढी पुस्तकहरु छापिन्छन् , सय भन्दाबढी श्रष्टाहरु निरन्तर लेखिरहेका छन् भन्ने सन्देश पनि दिएको छ।