बलात्कारी शसस्त्र प्रहरी जवानलाई कारबाही माग, निश्पक्ष छानविन गर्ने सशस्त्रको प्रतिवद्धता

बोल्न नसक्ने महिलालाई बलात्कार गर्ने सशस्त्र प्रहरी जवानलाई कारबाही गर्न माग गर्दै कपिलवस्तुबासीले पूर्वपश्चिम राजमार्ग बन्द गराएका छन् । ३० जेठमा कपिलवस्तुको शिवराज नगरपालिका,१० कि बोल्न नसक्ने महिलालाई सशस्त्र प्रहरी बल विन्ध्यवासीनी गणका जवानले बलात्कृतर गरेका थिए । भैंसी चराउन गएकाबेला महिलालाई सशस्त्र प्रहरीका जवानहरुले हात खुट्टा बाँधेर पालैपालो बलात्कार गरेका थिए ।

हाल उनको स्वास्थ्य अवस्था नाजुक रहेपछि स्थानीय महिलाहरुले चन्दा संकलन गरेका छन् । बलात्कारमा संलग्न भएको भन्दै बैतडीको बिसनपुर, ६ घर भएका जवान लोकराज वस्तीलाई मात्र प्रहरीले पक्राउ गरेको तर अन्यलाई उन्मुक्ती दिन खोजिएको भन्दै स्थानीयबासीले आन्दोलन थालेका छन् । हाल उनलाई बान्ता हुने, खाना नखाने, अर्धचेतन भएको जस्ता समस्या भएको बताइएको छ ।

निश्पक्ष छानविन गर्ने सशस्त्रको प्रतिवद्धता

कपिलबस्तुको चन्द्रौटामा सशस्त्र प्रहरी जवानबाट बलात्कृत अपांगता भएकी महिलाको उपचारमा सहयोग गर्ने र निश्पक्ष छानविन गर्ने सहमतिपछि पीडित परिवारले आन्दोलन तत्कालका लागि फिर्ता लिएका छन् ।

सशस्त्र प्रहरीको बिन्धवासिनी गणले चार दिनभित्र घटनाबारे अनुसन्धान गरी प्रतिवेदन सार्वजनिक पर्ने प्रतिबद्धता पीडित परिवारसँग गरेको छ भने पीडित महिलाको उपचारका लागि तत्काल १५ हजार सहयोगसमेत गरेको छ ।

चन्द्रौटाका स्थानीयले बोल्न नसक्ने अपांग महिलामाथि प्रहरीका जवानहरूले सामुहिक बलात्कार गरेको र त्यसपछि संगठित रुपमै अपराधी उम्काउन लागेको भन्दै पूर्व-पश्चिम राजमार्ग बन्द गराएका हुन् ।

पिडित महिलाको उपचारका लागि केहि एनजिओ र स्थानीयले समेत सहयोग गरेका छन् । कपिलबस्तुमा उपचार हुन नसकेपछि उनलाई भैरहवा अस्पताल लगिएको थियो । उपचारको पैसा तिर्न नसकेपपछि अस्पतालले हिजो साँझ डिस्चार्ज गरेको थियो ।

अति विपन्न परिवारकी ती महिलाको उपचारका लागि केहि सहयोग संकलन भएपछि स्थानीय अगुवाको सक्रियतामा पुनः उपचारका लागि बुटवल पठाइएको छ । मानसिक रुपमा बिक्षिप्त ती महिलाको बुधबारदेखि बुटवलमा उपचार भइरहेको परिवारले जनाएका छन् ।

व्यापक जनदवावपछि सोमबार विहान विन्ध्यवासीनी गणले बलात्कारका अरोपी लोकराज वस्तीलाई मात्र प्रहरीसमक्ष बुझाएको थियो । पीडितले १० जना संग्लग्न रहेको बयान दिएकाले अन्यलाई पनि प्रहरीसमक्ष बुझाउनुपर्ने भन्दै स्थानीयले आज राजमार्ग बन्द गराएका थिए ।

Leave a Reply

Your email address will not be published.