यी हुन् आन्दोलनका नयाँ इन्चार्जहरु, असार १ गतेदेखि सत्याग्रह

थरुहट थारुवान संयुक्त संघर्ष समितिले नयाँ जिम्मेवारी तोकेको छ। जसअन्तर्गत थारु युवा सभाका अध्यक्ष कानुनलाल चौधरीलाई झापा मोरङ सुनसरीको जिम्मेवारी दिइएको छ। थारु महिला समाजका अध्यक्ष सरस्वती चौधरीलाई उदयपुर, नागरिक समाजवादी पार्टीका अध्यक्ष राजकुमार लेखीलाई सप्तरी र सिरहा, थारु कल्याणकारिणी सभाका महामन्त्री अमिरी चौधरीलाई धनुषा, महोत्तरी र सर्लाहीको जिम्मेवारी दिएको छ। जेठ ३० गते बसेको केन्द्रीय आन्दोलन परिचालन समितिको बैठकले सो जिम्मेवारी तोकेको हो।

त्यस्तै थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य रामकृष्ण चौधरीलाई रौतहट, बारा, पर्सा र मकावनपुरको जिम्मेवारी दिइएको छ। किशोर विश्वासलाई चितवन, नवलपरासी, रुपन्देही र कपिलवस्तुको जिम्मेवारी दिइएको छ भने दाङदेखि कञ्चनपुरसम्म सांसद रुक्मिणी चौधरी र थारु विद्यार्थी समाजका रमेश चौधरीलाई जिम्मेवारी दिइएको छ।

समितिका सचिव प्रेमीलाल चौधरीद्वारा जारी विज्ञप्तीमा विभिन्न मितिमा विरोधका कार्यक्रम पनि सार्वजनिक गरेको छ। सत्याग्रह र भद्र अवज्ञा नाम दिइएको कार्यक्रम असार १ गतेदेखि २३ सम्म सञ्चालन हुनेछ। सो अवधिमा कालोपट्टि बाँध्नेदेखि लाल्टिन बाल्नेसम्मका कार्यक्रम राखिएको छ।

प्रेस विज्ञप्ती हेर्नुस्

 Press Note Tharu

Leave a Reply

Your email address will not be published.