टीकापुर घटनामा पक्राउ परेकालाई तत्काल रिहाई गर्न सांसदकाे माग

सांसदहरुले कैलालीको टीकापुर घटनामा संलग्न भएको भन्दै पक्राउ परेकाहरुलाई रिहा गर्न माग समेत गरेका छन् ।

थरुहट तराई पार्टीकी सांसद गंगा चौधरीले अधिकार माग्दा कैलालीको टीकापुर घटनामा सरकारले दमन गरेको भन्दै पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्न माग गरिन् ।

संसद बैठकमा सांसद चौधरीले अधिकारका लागि संघर्षमा उत्रिएका थारुहरूलाई पक्राउ गरेर मुद्दा लगाएर सरकारले बिभेद गरेको आरोप लगाइन् । ‘थारुले अधिकार मागेर आन्दोलन गर्दा दमन गर्ने, मुद्दा चलाउने यस्तो विभेद गर्न पाइदैन’, उनले भनिन्, ‘टीकापुर घटनामा पक्राउ परेकाहरूलाई विनासर्त छाड्नुपर्छ ।’

कैलालीको टीकापुरमा गत वर्ष भदौ ७ गते थारु आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा नेपाल प्रहरीका उच्च अधिकारीसहित नौं जनाको हत्या भएको थियो ।

यसैबीच, थारु, मधेसी र जनजाति सांसदहरूले संसद बैठक बहिष्कार गरेर बाहिरिएका छन् । उनीहरूले आफ्ना माग पूरा नहुँदासम्म बैठकमा नबस्ने अडान दोहोर्‍याएका छन् ।

Leave a Reply

Your email address will not be published.