श्रीमतीको घाँटी थिचेर हत्या

झापाको बिर्तामोडमा गएराति एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । बिर्तामोड–६ निवासी ३३ वर्षीय दीपक अग्रवालले २५ वर्षीया श्रीमती ज्योति अग्रवालको घाँटी थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक ठाकुरप्रसाद ज्ञवालीले जानकारी दिए ।

बिर्तामोड–५ स्थित हरि राजवंशीको घरमा डेरा गरी बस्दै आएका उनले के कारणले श्रीमतीको हत्या गरे सो भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

श्रीमतीको हत्यामा संलग्न अग्रवाललाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको बताइएको छ ।

Posted Under

Leave a Reply

Your email address will not be published.