काठमाडौंसहित पश्चिमका दस अस्पतालमा सिकलसेलको उपचार हुने

Sikal Cell test in Dang 08पश्चिम तराईका थारु समुदायमा देखिँदैआएको सिक्कलसेल एनिमिया रोगको उपचारमा १० वटा अस्पताल सूचिकृत भएका छन् । ती अस्पतालमा उपचार गर्न जाने विपन्न नागरिकले एक लाख बराबरको उपचार निशुल्क प्राप्त गर्छन् ।

सरकारले विपन्न नागरिक औषधि उपचारकोष मार्फत सिक्कलसेल ऐनिमिया रोगको उपचारका लागि एक लाख रुपैयाँ सहुलियत दिने निर्णय गरेको छ । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गतको विपन्न नागरिक औषधि उपचार कोष सचिवालयका अधिकृत दयाराम न्यौपानेका अनुसार काठमाडौँको निजामति कर्मचारी अस्पताललाई रिफरल अस्पताल मानेर पश्चिमका १० वटा अस्पतालमा सिक्कलसेलको उपचार गर्ने व्यवस्था मिलाएको बताए ।

उनले युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पताल भैरहवाको नविकरण हुन बाकी रहेपनि अरु सबै अस्पतालबाट निशुल्क रुपमा विपन्नको उपचार भएको बताए । पश्चिम नेपालका बाँके बर्दिया कैलाली, दाङ, कन्चनपुर र नवलपरासी लगायतका जिल्लामा बसोबास गर्ने थारु समुदायमा यो रोग देखा परेको छ ।

सन १९९१ मा औलोको अनुसन्धान गर्दा नेपालका १० प्रतिशत थारु समुदायमा सिक्कलसेलको संक्रमण भएको अनुमान गरिएको थियो । तर पछिल्लो समयमा यो रोगको प्रकोप बढेको छ ।

यी अस्पतालमा चउपचार गराउन सकिन्छ

निजामति कर्मचारी अस्पताल काठमाडौं

राप्ती उपक्षेत्रीय अस्पताल दाङ

भेरी अञ्चल अस्पताल नेपालगन्ज

सेती अञ्चल अस्पताल धनगढी

जिल्ला अस्पताल बर्दिया

महाकाली अञ्चल अस्पताल महेन्द्रनगर

लुम्बिनी अञ्चल अस्पताल बुटवल

जिल्ला अस्पताल कपिलवस्तु

जिल्ला अस्पताल नवलपरासी

युनिभर्सल मेडिकल कलेज भैरहवा (नवीकरण हुन बाँकी)

सम्बन्धित समाचार

के हो सिकल सेल एनिमिया ?

सिकेलसलका कारण थारु समुदाय नै विनाश हुने खतरा

थारुलाई मात्र लाग्ने सिकलसेल रोगको अध्ययण गर्न मन्त्री चौधरीलाई ज्ञापन पत्र

सिकलसेलको अनुसन्धान वैज्ञानिक तरिकाबाट, अवस्था डर लाग्दो

वंशाणु रोग सिकलसेल एनिमिया र थालसेमिया 

सरकार ! सिकल सेलको उपचार खोइ ?

Leave a Reply

Your email address will not be published.