थारू विद्यार्थी समाज (थाविस) त्रिभुवन विश्वविद्यालयको आठौं इकाई समिति गठन भएको छ। बुधबार त्रिभुवन विश्वविद्यालय (टियु)को सिनास हलमा सम्पन्न भेलाले महेश कोचिला नेतृत्वमा १५ सदस्यीय समिति गठन भएको हो।
समितिको उपाध्यक्षमा आर्यन चौधरी, सुनिता थनेत, सचिवमा सुशीला चौधरी, सहसचिवमा सरद चौधरी र कोषाध्यक्षमा रुक्मिणी चौधरी छन्।
त्यस्तै सदस्यमा महेश महतो, प्रभात चौधरी, नारायण चौधरी, रिमा चौधरी, जनार्दन चौधरी, सचिकुमार चौधरी, चन्द्रकान्त चौधरी, धिरेन्द्र चौधरी र सिर्जना चौधरी छन्।
थारु विद्यार्थी समाजका केन्द्रीय महासिचव चन्द्र प्रसाद चौधरी र समाजको उपत्यका समितिका अध्यक्ष ओमनारायण महतो, सर्वहित समाजका अध्यक्ष नन्दु चौधरीलगायतको उपस्थिति थियो।

