
सोमालियामा एक यात्रुको उडिरहेको विमानबाट खसेर मृत्यु भएको छ। राजधानी मोगादिशुबाट जिबूती गइरहेको विमानमा अचानक प्वाल परेपछि एक यात्रु झरेको बताइएको छ। अधिकारीहरुले यो घटनाको पुष्टी गरेका छैनन् तर विमान कम्पनीका अधिकारीहरुले एक यात्रु हराइरहेको जनाएका छन्। प्रहरीले भने एउटा शव बरामद गरेको जानकारी दिएको छ।
डालौ एयरलाइंसको विमानमा ७४ यात्री थिए। तर मोगादिसुमा आपतकालीन अवतरणपछि ७३ यात्रीमात्रै सम्पर्कमा आएको विमान कम्पनीले जनाएको छ। विमान करिब दश हजार फिट उचाइमा रहेको बेला प्वाल परेको समाचारमा जनाइएको छ। विमानमा प्वालको तस्बिर खिचेर सर्वसाधारणले सामाजिक सञ्जालमा पोष्ट गरेका छन्।
