सप्तरीको हर्दियामा माघी महोत्सव

Maghi Saptari

थारु कल्याणकारी सभा सप्तरीले आन्दोलनकै रुपमा माघी महोत्सव मनाउन लागेका छन् । सभाले बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै थारु समुदायको हक, अधिकार तथा पहिचानको संघर्ष रहेको भन्दै आन्दोलनकै रुपमा महोत्सव मनाउन लागेको जनाएका हुन् । साँस्कृतिक आन्दोलनका क्रममा माघ १ गते जिल्लाको हर्दिया गाविस वडा नम्वर–१ भेडियामा माघ १ गते शुक्रवार महोत्सव मनाउन लागेको जनाइएको छ ।
साँस्कृतिक आन्दोलनका क्रममा झाँकी प्रदर्शन, थारु संस्कृति कार्यक्रम, थारु खाना परिकार प्रदर्शन, अवलोकन एवम् स्वाद ग्रहण, थारु पहिरण, संस्कृति प्रदर्शन, प्रवेश खुल्ला, स्टलहरुको व्यवस्था र मन्तव्य तथा सम्मानलगायतका कार्यक्रमहरु आयोजना गरिने प्रेस विज्ञप्तिमा उल्लेख छ।

स्थानीय स्रोत साधनको प्रयोगमा बल पुर्याउन तथा पर्यटकीय रुपमा टेवा पुर्याई साँस्कृतिक पहिचानलाई स्थायित्व दिनु, आर्थिक उन्नतीमा सहयोग पुग्नु एवम् राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पहिचान कायम गराउने उद्देश्यकासाथ माघी महोत्सव आयोजना गर्न लागिएको संयोजन तथा व्यवस्थापन समितिका सचिज देवनारायण चौधरीले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published.