खिचरा महोत्सवको दायरा फराकिलो हुँदै

6cd79ccd-71b9-43fa-b62d-50b886638864

कारी महतो

खैरहनी, तेस्रो खिचरा महोत्सवको विषयमा खैरहनी उद्योग वाणिज्य संघ र स्थानीय राजनैतिक दलका प्रतिनिधिहरुसँग महोत्सव मूल आयोजक समितिले अन्तरक्रिया गरी सुझाव संकलन गर्नुका साथै सहयोग, समर्थन र सहकार्यका अपेक्षा गरेको छ। महोत्सवलाई कुनै एक समुदायको मात्र नभई समग्र खैरहनी नगरपालिकाकै गौरव र गरिमामय प्रस्तुतिमा रुपान्तर गर्नका लागि खैरहनी उद्योग वाणिज्य संघ र स्थानीय राजनैतिक दलहरुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

आयोजक समितिले पनि यस वर्षदेखि खिचरा महोत्सवको दायरालाई फराकिलो पार्दै सम्पूर्ण नगरवासीको महोत्सवको रुपमा मनाउनका लागि सबैलाई पायक पर्ने स्थानमा महोत्सवलाई नै सार्नका लागि प्रक्रिया अगाडि बढाएको जनाइएको छ। त्यसका साथै महोत्सवको नाममा पनि केही परिमार्जन गर्न सकिने जानकारी संयोजक नारायण प्रसाद महतोले बताउनु भयो।

अन्तरक्रिया कार्यक्रममा चितवन क्षेत्र नं. १ का पूर्व सभासद लालमणि चौधरी, खैरहनी उद्योग वाणिज्य संघका अध्यक्ष गुणराज श्रेष्ठ, पूर्व अध्यक्ष केशवराज पाठक, प्रथम उपाध्यक्ष चन्द्र प्रसाद सापकोटा, द्वितीय उपाध्यक्ष कमलादेवी श्रेष्ठ, महासचिव शेषकुमारी सडौला ओली, नेपाली काँग्रेसका नगरप्रतिनिधि राजु सिल्वाल, एमालेका प्रतिनिधि कृष्णलाल चौधरी, एनेकपा माओवादीका नगरप्रतिनिधि रामेश्वर पोखरेल, नेकपा मालेका नगरप्रतिनिधि कृष्ण प्रसाद थपलिया, राप्रपा नेपालका नगरप्रतिनिधि कृष्णचन्द्र ढुंगाना थारु कल्याणकारिणी सभा चितवनका पूर्व जिल्ला सभापति टिकेन्द्र चौधरीले मन्तव्य व्यक्त गरेका थिए। अन्तरक्रिया कार्यक्रम खिचरा महोत्सव मूल आयोजक समितिका संयोजक तथा थारु कल्याणकारिणी सभा क्षेत्र नं. ७ का सभापति नारायण प्रसाद महतोको अध्यक्षतामा सम्पन्न भएको थियो।

Leave a Reply

Your email address will not be published.