सहमति विपरीत परिचय पत्र बाँडेकाे भन्दै मुक्त कमलरीकाे विराेध

Kamalari

मुक्त कमलरी बिकास मञ्चले साढे २ वर्ष पहिले भएको समहति विपरित सरकारले कमलरी परिचय पत्र बितरण गरेको प्रति असन्तुष्टि जनाउदै खारेज गर्न माग गरेको छ। मञ्चले आइतबार दाङको घोराहीमा पत्रकार सम्मेलन गरी २०७० साल जेठ २४ गते सरकारसँग भएको सहमति विपरित जिल्ला शिक्षा कार्यालय कन्चनपुरले विद्यार्थी परिचय पत्र वितरण गरेको प्रति असन्तुष्टि जनाउदै खारेज गर्न माग गरेको हो।

मुक्त कमलरी विकास मञ्चले अस्विकार गरेको शिक्षा निर्देशिका २०६८ वमोजिम कन्चनपुरको ऐरी उच्च माबिका कमलरी बालिकाहरुलाई परिचय पत्र वितरण गरिएको प्रति असन्तुष्टि जनाउदै मञ्चकी अध्यक्ष विमला चौधरीले तत्काल खारेज गर्न माग गरेकी छन्।

सरकारसँग भएको १० बुँदे समहति अनुसार आधिकारी संयन्त्र बनाएर मुक्त कमलरीहरुको बर्गिकरण गरि परिचय पत्र बितरण हुनुपर्ने चौधरीले बताए। परिचय पत्र अभिभावकविहीन, घरबास बिहिन, जग्गा बिहिन, घरबास नभएका, विद्यालयमा भएका, सिपको पर्खाईमा बसेका भनेर परिचय पत्र दिनुपर्ने मञ्चकी सल्लालहकार उर्मीला चौधरीले माग गरिन्।

साथै मञ्चले सरकारले आफूहरुसँग सहमति गरेको २ वर्ष ६ महिना भए पनि कार्यान्वयमा ध्यान नदिएकोप्रति दु:ख व्यक्त गरेको छ। मृतक कमलरी सृजना चौधरीको परिवारलाई ५ लाख र मेघी चौधरीको परिवारलाई एक लाख ५० हजार दिए पनि अन्य सम्झौताहरु सरकारले कार्यान्वयन नगरेको सल्लाहकार चौधरीले बताइन्।

Kamalari Press Release

Leave a Reply

Your email address will not be published.