प्रहरीको गोली लागेर रौतहटमा १५ वर्षीय किशोरको मृत्यु

rautahat photo
तस्बिर सौजन्य : नागरिक दैनिक/मदन ठाकुर

रौतहट सदरमुकाम गौरमा भएको झडपमा प्रहरीले चलाएको गोली लागेर एक किशोरको मृत्यु भएको छ । शनिबार विद्यार्थी नेता पक्राउ परेपछि तनावग्रस्त बनेको गौरमा आइतबार विहानबाट प्रदर्शनकारी र प्रहरीबीच विभिन्न चोकमा झडप सुरु भएको थियो ।

वीपी चोकमा भएको झडपमा सुरक्षाकर्मीले चलाएको गोली लागेर तेजापाकड गाविस १ का १५ वर्षका शेष तबरेज आलमको मृत्यु भएको छ ।घटनापछि वीपी चोक क्षेत्र साँझ सम्म पनि तनावग्रस्त बन्यो ।

झडपका क्रममा सुरक्षाकर्मीले १८ राउण्ड हवाइ फायर गरेका छ भने १२ राउण्ड रबरको गोली र तिन दर्जन भन्दा बढी अश्रुग्यासको सेल हानेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

अश्रु ग्यास र हवाई फायर गर्दा पनि स्थिति नियन्त्रणमा नआए पछि तथा प्रदर्शनकारीहरुले ढुङ्गामुढा सँगै पेट्रोल बम समेत प्रहार गरेपछि बाध्य भएर गोली चलाउनु परेको प्रमुख जिल्ला अधिकारी नरहरी बराल ले बताए ।

Leave a Reply

Your email address will not be published.