सीमा नाकाबन्दी गर्ने मधेसी मोर्चाको निर्णय

Madhesi Morchaआन्दोलरत् संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेसमा जारी आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको छ । राजविराजमा बुधबार सम्पन्न मोर्चा बैठकले काठमाडौंलाई दवाब पुग्ने गरी आन्दोलन केन्द्रित गर्ने निर्णय गरेको हो ।

बैठक सकिएर बाहिरिएका तमलोपा अध्यक्ष महन्थ  ठाकुरले काठमाडौंलाई नाकाबन्दी गर्ने हिसाबले आन्दोलनको कार्यक्रम गरिने मोर्चाको निर्णय सुनाए । मोर्चाले आफ्नो थप निर्णय पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दैछ । ‘काठमाडौंले हाम्रो सुनेन अब काठमाडौंलाई दवाब दिने हिसाबले आन्दोलन गर्छौं,’ उनले भने ।

ठाकुरले आफूहरु वार्ता बिरोधी नरहेको भन्दै सरकारले वार्ताको वातावरण नबनाएको आरोप लगाए । सदभावना पार्टीका अध्यक्ष राजेनद्र महतोले मधेसमा जारी आन्दोलन अझ सशक्त बनाउने बताएका छन् ।

आन्दोलनलाई थप सशक्त र प्रभावकारी बनाउन भन्सार र राजमार्गमा नाकाबन्दी कायम गर्ने पनि उनले बताए । काँकडभिट्टा, विराटनगर, वीरगञ्ज, नेपालगञ्ज र भैरहवा लगायतका मुख्य नाकामा कार्यकर्ताको उपस्थिति बढाउँदै भन्सार नाकाबन्दी गर्ने पनि उनले बताए ।

Leave a Reply

Your email address will not be published.