आन्दोलन नृशंस र हिंस्रक : गृहमन्त्रालय

bam_dev_gautam1

गृह मन्त्रालयले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको अगुवाइमा तराईमा जारी आन्दोलनमा नृशंस र हिंस्रक गतिविधि भइरहेको बताएको छ। मन्त्रालयले विज्ञप्ति जारी गरी मन्त्रालयले शान्ति सुरक्षामा खटिएका सुरक्षाकर्मी र उनीहरुको परिवारलाई यातना दिनेदेखि पेट्रोल छर्किएर हत्या गर्ने कलङ्कजन्य क्रियाकलाप भएको जनाएको छ।

महोत्तरीको जलेश्वरमा मधेसी मोर्चाले आज परिचालित हिंस्रक जत्थाले सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक थमनबहादुर विकमाथि साङ्घातिक आक्रमण गरी घाइते बनाएको र विकलाई उपचारका लागि रेडक्रसको सहयोगमा जनकपुर ल्याउने क्रममा सोनुखडा भन्ने स्थानमा आन्दोलनकारीले एम्बुलेन्समा आगजनी गरी हत्या गरेको जनाइएको छ।

त्यसैगरी महोत्तरीको जलेश्वरमा बिहानैदेखि अराजक, उत्तेजक र आपराधिक व्यक्तिले निषेधाज्ञा उल्लङ्घन गरी घरेलु हतियारले सुरक्षाकर्मीमाथि आक्रमण भइरहेको मन्त्रालयले जनाएको छ।

धनुषामा पनि सुरक्षाकर्मीमाथि गाउँ गाउँबाट बालबालिका र महिलालाई मानव ढाल बनाई सरकारी कार्यालय तथा सार्जजनिक र निजी सम्पत्तिमाथि आगजनी र सुरक्षाकर्मीमाथि हातहतियार प्रयोग भएको मन्त्रालयले जनाएको छ । सो क्रममा प्रहरीले बल प्रयोग गर्दा एक प्रदर्शनकारीको मृत्यु भएको बताइएको छ। रासस

Leave a Reply to WillisAnymn Cancel reply

Your email address will not be published.