सभासद् चौधरीका घरमा ढुङ्गामुढा

आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले राजविराज–८ स्थित नेकपा (संयुक्त)का सभासद् मिथिला चौधरीको घरमा आज साँझ ढुङ्गामुढा प्रहार गरी क्षति पु¥याएका छन् । बीस-पच्चीस जनाको सङ्ख्यामा आएका प्रदर्शनकारीले तराई-मधेसमा जारी आन्दोलनमा सभासद् चौधरीले सहयोग नगरेको भन्दै घरमा ढुङ्गामुढा गरेको जनाइएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सभासद्का घरमा आक्रमण भएको सूचना प्राप्त हुनासाथ प्रहरी त्यसतर्फ पठाइएको छ । क्षतिको पूर्ण विवरण आउन बाँकी नै छ । रासस

Leave a Reply

Your email address will not be published.