नयाँ संविधान आउन साउन मसान्त नाघ्नसक्ने, पाँच प्रदेशमा गृहकार्य

Prime Minister Sushil Koirala and senior leaders of major political parties during a meeting of the Constitutional Political Dialogue and Consensus Committee (CPDCC) chair by Dr Baburam Bhattarai held on Friday at Singha Durbar, Kathmandu, Committee decides to reschedule meeting for Saturday. Photo: Kumar Shrestha, RSS
तस्बिर : कुमार श्रेष्ठ/रासस

सङ्घीयताको सीमाङ्कनसम्बन्धी विषयमा टुङ्गो लगाउन अझै केही दिन लाग्न सक्ने देखिएको छ। संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिअन्तर्गतको विशेष समितिमा भएको छलफलपछि नेताहरुले साउन मसान्तभित्र नयाँ संविधान जारी गर्ने गृहकार्य भए पनि सहमतिका क्रममा केही दिन यताउता हुन सक्ने बताएका छन्।

समितिका सभापति बाबुराम भट्टराईले मुलुकको सङ्घीय पुनःसंरचनाको विषय सामान्य र हल्काफुल्का नभएकाले विवेकसङ्गत निर्णय लिन केही समय लाग्न सक्ने पत्रकारलाई बताए। उनले भने, ‘हामीहरु अत्यन्त गम्भीर भई छलफलमा जुटेका छौं, निचोडका लागि अलग अलग गृहकार्य गरी भोलि(शनिबार) बिहान विशेष समितिको अर्को बैठक बस्ने छ।’
पाँच प्रदेशमा गृहकार्य
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पनि साउन मसान्तभित्रको समयसीमा यताउता हुनसक्ने भए पनि संविधान चाँडै आउने बताए। उनले भने, ‘कसैले संविधान आयो आयो भने, कसैले आएन आएन भने, तर केही दिन यताउति भयो भने संविधान आउँछ।’ बैठकमा सहभागी एक नेताका अनुसार पछिल्लो समयमा दलबीच पाँच प्रदेशका विषयमा पनि गृहकार्य भइरहेको छ। रासस

Leave a Reply

Your email address will not be published.