थारु सभासद्‍द्वारा सभामुखलाई ज्ञापन पत्र

Nemwang

लक्की चौधरी/काठमाडौं
थारु सभासदहरुले राज्यको सबै तहमा जनसंख्याको आधारमा समानुपातिक समावेशीताको सुनिश्चित्ता गर्ने प्रावधान नयाँ संविधानमा व्यवस्था गर्न माग गरेका छन्। संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई सिंहदरवारमा बिहीबार संयुक्तरुपमा ज्ञापनपत्र बुझाउँदै सभासदहरुले सो माग गरेका हुन्।

नयाँ संविधान जारी गर्नुअघि प्रदेशको सीमाङ्कन तथा नामाङ्कन टुङ्ग्याउन माग गर्दै सभासदहरुले संवैधानिक थारु आयोगको व्यवस्था गर्न पनि सुझाव दिए।

सभासद गोपाल दहितका अनुसार मातृभाषामा सूचना पाउनुपर्ने, प्रदेशमा दुई कार्यकाल अग्राधिकारको व्यवस्था हुनुपर्ने, आत्मनिर्णयको अधिकार सुनिश्चित् गर्नुपर्ने माग समेटेको ज्ञापनपत्र अध्यक्ष नेम्वाङ्लाई हस्तान्तरण गरिएको बताए।

ज्ञापनपत्र बुझ्दै अध्यक्ष नेम्वाङ्ले ज्ञापनपत्रमा उल्लेखित सबै मागहरु जस्ताको तस्तै राजनीतिक संवाद सहमति समितिमा पठाउने प्रतिवद्धता जनाएको सभासद दहितले जानकारी दिए। थारु आयोग गठन तथा सिमाङ्कन नामाङ्कनको विषयमा प्रमुख राजनीतिक दलका नेताहरुसँग परामर्श गरेर टुंगोमा पुग्न अध्यक्ष नेम्वाङ्ले सुझाएङ्का थिए।

ज्ञापनपत्र बुझाउँदा सभासदहरु तेजुलाल चौधरी, सन्तकुमार चौधरी, गौरीशंकर चौधरी, गोपाल दहित, योगेन्द्र चौधरी लगायतको सहभागिता थियो।

Leave a Reply

Your email address will not be published.