मध्य तराईकै पहिलो साक्षर गाविस घोषणा

पर्साको निर्मलवस्ती गाविसलाई एक कार्यक्रममा साक्षर गाविस घोषणा गरिएको छ। पर्सामा मात्र होइन, मध्य तराईकै यो पहिलो साक्षर गाविस घोषणा भएको हो। निर्मलवस्ती गाविसलाई पूर्ण साक्षर गाविस बनाउने प्रतिबद्धता पत्रमा पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे, स्थानीय विकास अधिकारी गुरुप्रसाद सुवेदी, जिल्ला शिक्षा अधिकारी बरखुप्रसाद रजक र नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य एवम् मध्यमाञ्चल संयोजक शीतलप्रसाद महतोलगायत कार्यक्रममा सहभागी सबैले हस्ताक्षर समेत गर्नु भयो।

सरकारले सन् २०१५ सम्ममा सबैका लागि शिक्षाको पहु“च पु¥याउन थालेको साक्षर अभियानअन्तर्गत निर्मलवस्ती गाविसमा पनि साक्षर अभियान सञ्चालन गरेर साक्षर प्रतिशतलाई ९५ प्रतिशतभन्दा बढी पु¥याएर साक्षर गाविस घोषणा गरिएको हो।

कुल एक हजार ९८९ घरधुरी र ११ हजार ३४६ जनसङ्ख्या रहेको यो गाविसमा बस्ने १५ देखि ६० वर्ष उमेर समूहको जनसङ्ख्यामध्ये ९६ दशमलव ६ प्रतिशत साक्षर भएपछि गाविस साक्षर भएको घोषणा गरिएको पर्साका जिल्ला शिक्षा अधिकारी रजकले बताउनुभयो ।

आव २०७०÷०७१ मा साक्षर पर्सा अभियानको अवधारणा तयार पारी जिल्ला अनौपचारिक शिक्षा समितिसँग स्वीकृति लिएर साक्षर कार्यक्रम सञ्चालन गरिएको थियो ।

सो अवसरमा पर्साका पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे, मध्य तराईको पहिलो गाविस साक्षर गाविस घोषणा गराई यो गाविसले इतिहास रचेको चर्चा गर्दै यो गाविसको दिगो विकासका लागि आफूले सक्दो सहयोग गर्ने वचन दिनु भयो ।

साक्षर कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विभिन्न संस्था तथा व्यक्तिलाई प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो । रासस

Leave a Reply

Your email address will not be published.