छबिलाल कोपिललाई क्षेत्रीय प्रतिभा पुरस्कार

Chhabilal Kopila

थारु साहित्यकार छबिलाल चौधरी ‘कोपिल’ क्षेत्रीय प्रतिभा पुरस्कारबाट सम्मानित हुने भएका छन्। सरकारले भाषा तथा साहित्य विधाअन्तर्गत मध्यपश्चिमाञ्चलबाट दाङ निवासी छबिलाल चौधरीलाई सो पुरस्कार दिने निर्णय गरेको हो।

चैलाही-८ उत्तर मजगाउँ, देउखुरीका छबिलालका दर्जन कृति प्रकाशित छन्। उनले २०५९ सालमा मुक्तिको खोजी नामक थारु भाषाको उपन्यास लेखेका छन्। त्यस्तै भौगर- गजल संग्रह, कैले फुल्छ ऊ-बाल गजल संग्रह, अनवरत हिँडाइका डोबहरु, राप्तीको तिरैतिर, लिरौसी हमार थारु किताब, चुरेको डाँडाबाट, चुरिनियाँ, सयमका डोबहरु, हामार संस्कृतिलगायत छन्।

उनी केरनी, लावा लौझी, लावा डग्गरका प्रधान सम्पादकसमेत हुन्। उनले लाज, भूइँह्यार नामक थारु भाषा फिल्ममा अभिनयसमेत गरेका छने।

उनले यसअघि गोविन्द चीस स्मृति प्रतिभा पुरस्कार, ऋषि-लक्ष्मी साहित्य पुरस्कार, थारु भाषा तथा संस्कृति सम्मानलगायतका पुरस्कार पाएका छन्।

Leave a Reply

Your email address will not be published.