सरस्वती र ममतालाई रामलाल-गायत्री थारु कम्युनिटी अवार्ड

saraswati

काठमाडौं- खेलाडीद्वय सरस्वती चौधरी र ममता चौधरी रामलाल-गायत्री थारु कम्युनिटी’ अवार्डबाट सम्मानित भएका छन्। थारु कम्युनिटी नामक फेसबुक पेजले पाँचौं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको कार्यक्रममा भलिबलकी सरस्वती र क्रिकेटकी ममता चौधरीलाई सो अवार्डबाट सम्मान गरेको हो। दुवै खेलाडीलाई नेपाली कांग्रेसका सभासद् तेजुलाल चौधैरी र स्वयं रामलाल चौधरीले नगद र प्रमाणपत्र प्रदान गरे।

Sarswati Chaudhary

रामलाल चौधरीले एक लाख पचास हजारको अक्ष्यकोष स्थापना गरेर वर्षेनि प्रदान गर्ने ‘रामलाल-गायत्री थारु कम्युनिटी’ अवार्ड स्थापना गरेका छन्। थारु समुदायका ब्यक्तिले राष्ट्रियस्तरमा दिएको योगदानलाई कदर गर्दै यो सम्मान प्रदान गर्ने थारु कम्युनिटीका विवेक चौधरीले बताए। पुरस्कारको राशि ९ हजार ९ सय ९९ रहेको छ।

Mamta Chaudhary

थारु समुदायका हानहार ब्यक्तिलाई सम्मान गर्ने उद्देश्यले यो अवार्डको स्थापना गरेको रामलाल चौधरीले बताए। उनी थारु समाजसेवीका रुपमा चिनिन्छन्। पर्यटन बोर्डमा आयोजित कार्यक्रममा थारु सभासद्हरुको उपस्थिति थियो।

तस्बिर : आयोजक थारु कम्युनिटी

Leave a Reply

Your email address will not be published.