‘नायक भएर आन्दोलन हाँक्ने कि खलनायक भएर आन्दोलन भाँडने?’

Aankaji Sherpaनेपाल आदिवासी जनजाति महासंघका निवर्तमान महासचिव आङकाजी शेर्पाले महासंघका तीन जनालाई खुल्ला पत्र लेखेका छन्। उनले महासंघका अध्यक्ष नागेन्द्रकुमार कुमाल, पेम्बा भोटे र निवर्तमान अध्यक्ष राजकुमार लेखीलाई फेसबुकमार्फत् खुलापत्र लेखेका हुन्। उनले नायक भएर आन्दोलन हाँक्ने नि खलनायक भएर आन्दोलन भाँड्ने भन्दै खुला पत्र लेखेका हुन्। यी तीन जनाजति नेताले पद्मरत्न तुलाधर नेतृत्वको मोर्चा अस्विकार गर्दै आएका छन्। आङकाजी शेर्पा भने तुलाधरको मोर्चालाई महासंघले साथ दिनुपर्ने बताउँदै आएका छन्।

पत्र हेर्नुस्:

श्री नागेन्द्र कुमार कुमालज्यु

अध्यक्ष नेपाल आदिवासी जनजाति महासंघ

 

श्री पेम्बा भोटेज्यु

महासचिव नेपाल आदिवासी जनजाति महासंघ

 

श्री राजकुमार लेखीज्यु

सल्लहकार नेपाल आदिवासी जनजाति महासंघ

 

विषय : नायक भएर आन्दोलन हाँक्ने कि खलनायक भएर आन्दोलन भाँडने?

महोदय,

(१) नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)को चितवनमा सम्पन्न आठौं महाधिवेशनबाट तपाईँहरुजस्ता युवा निर्वाचित हुँदा हिमाल, पहाड र तराईका डेढ करोड आदिवासीहरु हर्षले विभोर भएका थिए र तपाईहरुमाथी ठूलो आशा र विश्वस राखेको स्मरण गराउन चहान्छु। अहिले त्यो आशा र विश्वासमाथि आशंका पैदा भएको छ, तपाईँहरुको नेतृत्वमाथि विभिन्न कोणबाट गम्भिर प्रश्नहरु उठेका छन्।

(२) आदिवासी जनजातिका सवालहरु पहिचान, सङ्घीयता, गणतन्त्र धर्मनिरपेक्षलाई संविधानमा संस्थागत हुन नदिन दुईतिहाई सभासद एकाल जातीय पहिचानसहितको सङ्घीयताको पक्षमा हुँदाहुँदै पहिलो संविधानसभा षड्यन्त्रपूर्वक विघटन गरेको हो कि होइन?

(३) दोस्रो संविधानसभाबाट आदिवासी जनजातिले मागेको एकल जातीय पहिचानको सट्टा नदी हिमालको नाममा, सङ्घीयतको सट्टा पुनः सिंहदवार केन्द्रीत एकात्मक शासन व्यवस्था, धर्मनिरपेक्षताको सट्टा हिन्दूराज्य, गणतन्त्रको सट्टा संस्कृति राजा, समानुपातिक निर्वाचनको सट्टा प्रत्यक्ष निर्वाचन प्रणाली सहितको प्रतिगामी संविधान जारी गर्ने षड्यन्त्रको तपाईँहरु किन विरोध गर्नु हुन्न? किन सशक्त आन्दोलन घोषणा गर्नु हुन्?

(४) बिस्तृत शान्ति सम्झौता, दश वर्षे जनयुद्ध र २०६२-६३ को जनआन्दोलन, अन्तरिम संविधानमा संस्थागत भएका परिवर्तनहरुका साथै आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिमसँग गरिएका सम्झौतालाई नयाँ संविधानमा संस्थागत गर्न संयुक्त आन्दोलनको विकल्प छैन। सशक्त र संयुक्त आन्दोलन गर्न आदिवासी महिला, युवा, विद्यार्थी, पत्रकार महासंघहरु सहभागिता रहेको नेफिनका निवर्तमान सल्लहकार श्री पद्मरत्न तुलाधारको नेतृत्वमा गठन भएको आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालमा नेफिन सहभागी हुनपर्छ भनेर महासंघा संस्थापक महासचिव, पूर्व महासचिवहरु, पूर्व अध्यक्ष, महासंघका ३६ जिल्ला अध्यक्ष, महासंघको २२ देशका अध्यक्षसहित अधिकांश जातीय संगठनहरुले पटकपटक आग्रह गर्दा पनि तपाईँहरु श्री नागेन्द्र कुमाल, श्री पेम्बा भोटे र श्री राजकुमार लेखी आन्दोलनमा सहभागी किन हुनु भएन? के तपाईँहरुलाई कुनै व्यक्ति वा शक्ति केन्द्रले डर त्रास देखाएको छ कि? वा कुनै मन्त्री र सभासद् पाउने प्रलोभन फस्नुभएको छ?

(५)नेपालका डेढ करोड आदिवासी जनजातिले तपाईँहरु तिनै जनालाई प्रश्न गरिरहका छन्, ‘नायक हिरो भएर आदिवासी जनजातिको संयुक्त आन्दोलन हाँक्ने कि? खलनायक भिलेन भएर पार्टीको निर्देशनमा आदिवासी जनजातिको आन्दोलन भाँडने?’ नायक हिरो भएर आन्दोलन हाँके तालीसहित खादा र फुलमाला चढाउनेछन् र खलनाय भिलेन भएर आन्दोलन भाँडे थपडसहित जुत्ताको माला पाउनेछ। रोजाई तपाईँहरुको!

आङ काजी शेर्पा किसान

निवर्तमान महासचिव

नेपाल आदिवासी जनजाति महासंघ

Leave a Reply to ElmerFoede Cancel reply

Your email address will not be published.