थाकसको केन्द्रीय परिषद् बैठक जारी, थरुहट आन्दोलमा जोड

 Tharu sava_Lumbini meeting-2

कमला चौधरी, लुम्विनी- बुद्ध जन्मस्थल लुम्विनीमा थारु कल्याणकारिणी सभाको केन्द्रीय परिषद्को विशेष बैठक आज पनि जारी छ। बिहीबारदेखि सुरु भएको परिषद् बैठकमा २९ जिल्लाका तीन सय प्रतिनिधिको सहभागिता छ।
शुक्रबार बिहान १० बजे केन्द्रीय परिषद् उद्घाकटन समारोह प्रारम्भ भएको थियो। बैठकको उद्‍घाटन नेपाल आदिवासी जनजाति महासंघ उत्थान राष्ट्रिय  प्रतिष्ठानका उपाध्यक्ष झकबहादुर थापा मगरले गरेका थिए। बैठकको स्वागत थारु कल्याणकारिणी सभा रुपन्देहीका सभापति रामवलि चौधरीले गरेका थिए। बैठकको अध्यक्षता थारु कल्याणकारिणी सभाका केन्द्रीय अध्यक्ष धनीराम चौधरीले गरे।

उद्‍घानटनमा बोल्दै अध्यक्ष चौधरीले थारुलाई जबरजस्त मधेसी बनाउन खोजिरहेकोप्रति घोर आपत्ति प्रकट गरे। तराईमा बहुप्रदेशसहित, थारुहट प्रदेश अनिवार्य गर्नुपर्ने माग उनको थियो। पहिचानसहितको संघीयता, संघीयतासहितको संविधान हुनु अति आवश्यक रहेको उनको जोड थियो। उनले भने- थारुहट प्रदेश भएन भने फेरि थरुहट आन्दोलन हुन्छ।’

Tharu sava_Lumbini meeting-1

त्यसैगरी नेपाल आदिवासी जनजाति महासंघका निवर्तमान अध्यक्ष राजकुमार लेखीले थरुहट आन्दोलनलाई सडकमा लान खोजिरहेको बताए। आदिवासी जनजाति आन्दोलन कुनै व्यक्ति कुनै, पार्टीको आन्दोलन नभइ समग्र ५९ जातीय संगठनको आन्दोलन भएको उनले बताए। उनले एकलौटी संविधान थारुले नमान्ने बताए।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष नगेन्द्रकुमार कुमाल, लुम्विनी विकास कोषका कोषाध्यक्ष ओम अर्याल, मुक्त कमलरी विकास मञ्च दाङ अध्यक्ष उर्मिला चौधरी र सभासद्हरुको उपस्थिति छ।

यो पनि पढ्नुस्:

थाकसले गर्‍यो महत्वपूर्ण निर्णय, डण्डास्थित थारु संग्राहलय यथाशिघ्र बनाइने

2 thoughts on “थाकसको केन्द्रीय परिषद् बैठक जारी, थरुहट आन्दोलमा जोड

  1. थाकसले थरुहट प्रदेशको लागि संघर्श गर्ने कुरा सकारात्मक लाग्यो । संघर्श बिना थरुहट कुनै हालतमा पाइनेवाला छैन । थारुहरुलाई एकातिर मधेशिले पेल्ने अर्को तिरबाट पहाडीयाले । आन्दोलन नचर्काइ हुँदैन । पहिचान विरोधी नेताहरु मधेशी देखी बरु डराएका छन । थारुलाई अझै पेलेरै जान खोजेको देखिएको छ । देख्नु भएन मधेशीलाई भात खान बोलाएको ? थारुलाई कसैले चिया पिउन समेत बोलाका छैनन । कुरा यही बाट बुझौ ।

  2. andolan garnai parne jaruri xa hajur haru , sabai le hepi sakyo, tharuharu aafu aafu mai ladai garna byasta, feri tharu haru lai ambidhan ma sametxa jastai xaina, bibidh karan le andolan , kranti ko lagi andolan , history making ko lagi pani andolan baru chanda sankalan pani garau, political security pani garne upay garau, kada andolan ko jaruri xa

Leave a Reply

Your email address will not be published.