थारु विद्यार्थी समाज दाङ अधिवेशन आज हुँदै

दाङ- थारु विद्यार्थी समाज दाङको आठौं जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ। शुक्रबार बेलुका एक विज्ञप्ती जारी गरी समाजका अध्यक्ष सन्तोष दहितले यस्तो जानकारी दिएका हुन्। आज हुने अधिवेशनको उद्‌घाटन थारु कल्याणकारिणी सभाका केन्द्रीय अध्यक्ष धनिराम चौधरीले गर्ने कार्यक्रम रहेको समाजले जानकारी दिएको छ।
यसैगरी उद्‍घाटन सत्रमा दाङका सबै थारु सभासद्, थारु विद्यार्थी समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष शिवप्रसाद चौधरी, महासचिव चन्द्रप्रसाद चौधरी, जनजाति महासंघ नेपालका पूर्वअध्यक्ष राजकुमार लेखी, थारु राजनीतिक विश्लेषक सोगतविर चौधरी र विभिन्न पार्टीका भातृ संगठनका विद्यार्थी नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ।

कार्यक्रममा दाङको विभिन्न क्याम्पस र प्लस टु गरी दुई सय जना विद्यार्थीको प्रतिनिधि तथा पर्यवेक्षकको सहभागिता रहने विज्ञप्तीमा उल्लेख गरिएको छ।

कार्यक्रमलाई भब्यरुपमा सफल पार्न सम्पूर्ण थारु विद्यार्थीलाई कर्मचारी मिलन केन्द्रमा सहभागिताको लागि हार्दिक आह्वान गरिएको छ।

Leave a Reply

Your email address will not be published.