कमलरी मुक्ति घोषणाको एक वर्ष, अझै तीन सय कमलरी

kamalari rally

दाङ- सरकारले कमलरी मुक्ति घोषणा गरेको एक वर्ष पुगेको छ। मुक्त कमलरी विकास मञ्चले शुक्रबार दाङसहित पश्चिम नेपालका बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा कमलरी मुक्ति दिवसको अवसरमा र्या ली र अन्तरक्रिया कार्यक्रम आयोजना गर्योम। कमलरी मुक्तिको एक वर्ष बितेपनि पश्चिम नेपालका पाँच जिल्लाम अझै तीन सय बढी कमलरीको उद्धार हुन बाँकी रहेको मुक्त कमलरी विकास मञ्चले जनाएको छ।
गत वर्ष नेपाल सरकार र कमलरी उन्मुलनको लागि संयुक्त संघर्ष समितिबीच १० बुँदे सम्झौता भएको थियो। सम्झौताको एक वर्ष बितिसक्दा पनि १० बुँदे सहमति कार्यन्वयन भएको छैन । कमलरीको मागप्रति सरकार उदासीन भएकाले आफूहरु निरास बनेको मुक्त कमलरी विकास मञ्चकी अध्यक्ष विमला चौधरीले बताइन्।

अहिले पनि दाङमा ६६, बाँकेमा ६४, बर्दियामा ५९, कैलालीमा ८३ र कञ्चनपुरमा २६ कमलरी रहेको मञ्चको तथ्याङ्कमा उल्लेख छ। यसैबीच प्रथम कमलरी मुक्ती दिवसको अवसरमा मुक्त कमलरी विकास मञ्च केन्द्रीय कार्यालय र जिल्ला कार्यालयको संयुक्त आयोजनामा दाङमा र्यासली निकालिएको छ।

नेपाल पत्रकार महासंघ दाङ शाखाको कार्यालय अगाडिबाट सुरु भएको र्या‍ली तुलसीपुर चोक, घोराही बजारको मुख्य बजार, ट्राफिक रोड हुँदै साइ मन्दिरमा पुगेर सभामा परिणत भएको थियो। मञ्चका केन्द्रीय अध्यक्ष विमला चौधरीको अध्यक्षता र जिल्ला विकास समिति दाङको योजना अधिकृत विष्णुप्रसाद ढुंगानाको प्रमुख आतित्थ्यमा भएको कार्यक्रमका वक्ताहरुले सरसकारसँग भएको सम्झौतालाई कार्यान्वयन गर्नुपर्ने कुरामा जोड दिएका थिए।

उनीहरुलर् सम्झौता भएको एक वर्ष बितिसक्दा पनि सरकारले कमलरीको माग पूरा नगरेकोप्रति दुःख ब्यक्त गरेका थिए। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी ओमबहादुर राणा, स्वानका अध्यक्ष कृष्णकुमार चौधरी, नेकपा मओवादीकी जानकी दहित, पत्ररकार शरद अधिकारी, नारायाण विवशलगायतले कमलरीका दुःखबारे बोलेका थिए। कार्यक्रममा दाङ जिल्लामा २०७० सालको एसएलसीमा पास भएका २५ जना मुक्त कमलरीलाई सम्मानसमेत गरिएको थियो।

Leave a Reply

Your email address will not be published.