मधेस र मधेसी सम्बन्धमा…

शान्ती चौधरी- महेश चौधरीले डा. सीके राउतको भनाइबारे जुन टिप्पणी गर्नुभएको छ त्यो सत प्रतिशत सत्य छ। डा. राउतले जुन कुरा ‘नागरीक दैनिक‘मा लेख्नुभएको छ त्यही कुरा महेशजीसँग पनि भन्नुभएको रहेछ। तर, अहिले आएर महेशजीसँग भेटै भएको छैन, चिनेकै छैन भनेर झुठ बोल्दै हुनुहुन्छ। अवध, मगध, विदेह, मिथिला, नेपालको तराई ‘मधेश’ होइन, हिमवत खण्ड हो भन्ने प्रमाण निम्न छन् :
१. समुद्र गुप्तको स्तम्भ लेखमा नेपालको दक्षिणस्थित गुप्त साम्राज्यको सीमाना नेपालसम्म भएको कुरा मगधका सम्राट चन्द्र गुप्त प्रथमका पुत्र समुद्र गुप्तको इलाहावाद स्थित इश्वीपूर्वको चौथो शताब्दी (ई.पू. ३३५–१७५) को प्रयाग प्रशस्ति स्तम्भ लेखमा अङ्कित छ। समतट (गङ्गाको मुहान), डवाक (ढाका) र टिपराको पहाडी प्रदेश, कामरुप (आसाम), कर्तृपुर (पूर्वी पञ्जाव, उत्तर प्रदेशको कुमाऊँ, गढवालको पहाडी भाग) बीच नेपालको साँध भएको बुझिन्छ। यसरी आसामको पश्चिम, कुमाऊँको पूर्व अवस्थित भूखण्ड नै नेपाल भएको पाइन्छ। पूर्वमा आसाम देखि पश्चिममा कुमाऊँ गढवालसम्म विस्तारित भूमिले प्राचीन नेपालको विशालता बोध हुन्छ। गुप्त साम्राज्यमा वैशाली, (भारतको बिहार राज्य)को तिरभुक्ति नै मगधको उत्तरी सीमाना भएबाट लिच्छबीकालीन नेपालको विस्तार दक्षिणतर्फ वर्तमान भारतको मुजफ्फरपुरको बसार (वैशाली) र दरभङ्गा (तिरहुत) सम्म भएको बुझिन्छ।

२. अथर्व परिशिष्टको कुर्म विभाग (अन्दाजी ई.पू. ६००–८०० ताका) “नेपाल कामरूप विदेहोदुम्वर तथावन्त्यः कैकयश्र्च उत्तरपूर्वे हतेहन्याँतः।” भनी नेपालको उल्लेख कामरूप, विदेह, उदुम्बर, अवन्ति, कैकय देशहरूको समानान्तर राखिएको छ। यस अनुसार पूर्वमा कामरूप (आसाम), दक्षिणतर्फ विदेह (उत्तरी विहार समेत), मिथिला, दक्षिण–पश्चिम उदुम्बर (दक्षिण–पश्चिम पञ्जाव) दक्षिणतर्फ अवन्ति (मध्य भारत मलावा, उज्जयिनी) सम्म नेपालको विस्तार भएको कुरा उल्लेख गरिएको छ।

३. शक्तिसङ्गम तन्त्र- यसमा “जटेश्वरं संमारम्य योगेशान्तं महेश्वरी। नेपालदेशो देवशि साधकानां सुसिद्धदः।” भनिए अनुसार (जल्पेश्वर) उत्तरबङ्गालको जलपाइगुडी देखि योगेश (योगिनी वा योगेश्वर दिल्ली) सम्म नेपालको भौगोलिक फैलावट थियो भन्ने बुझिन्छ।

४. आजभन्दा १०,००० वर्ष पूर्व पृथ्वीमा अन्तिम हिमयुग वुर्म (ध्गच्क) समाप्त भएपछि क्रमशः गर्मी बढ्दै गएको छ। गौतम् बुद्धको पालासम्म दक्षिणमा गङ्गा नदी देखि उत्तरको सम्पूर्ण भागलाई हिमवत खण्ड (हिमालयको हिस्सा) अथवा पर्वताश्रायन भन्दथे। हिमालयको दक्षिणी समतल भागलाई तट, तलहटी, तराई भन्दथे जस्को प्रमाण निम्न छन्:
क. According to Samuel Beal- SI-YU-KI Buddhist Records of the Western World (Translated from the Chinese of Hiuen Tsiang (A.D. 629). Motilal Banarsidass Publishers Pvt, Delhi, 2001 : 128.
“There is a corresponding account in the Mahavamso, p. 55. “While Buddha yet lived, driven by the misfortunes produced by war of Prince Vidudhabho, certain members of the Shakya line retreating to Himavanto discovered a delightful and beautiful location, well watered and situated in the midst of a forest of lofty bo and other trees, & C.” The account then goes on to speak the peafowls (mayuros) and from that to trace the origin of the Moriyan dynasty, to which Chandragupta belonged.” 

चिनीयाँ यात्री ह्वयन साङ्ले इशाको सातौं शताब्दी (ई.सं. ६३७) मा आफ्नो यात्रा विवरणमा चन्द्रगुप्त मौर्यका पुर्खा कपिलवस्तुका शाक्य हुन्। कोशल नरेश विरुढबको शाक्य राज्यमा भयानक हमला भएका कारण उनी कपीलवस्तु क्षेत्रबाट हिमवन्त (हिमालय) मा पर्ने मगध राज्यको पिप्लीवनको जङ्गलमा गएर बसे। तसर्थ हिमालय भन्नाले गङ्गा नदी देखि सम्पूर्ण उत्तरको भागलाई मानिन्थ्यो ।

ख. According to R.C. Majumdar, H.C. Raychaudhuri and Kalikinkar Datta, “An Advanced History of India”, Macmillan Publishers India Limited, 2009:4 “India proper, excluding its outlying dependencies, is divided primarily into four distinct regions, viz. i, the hill country of the north styled Parvatsryin in the Puranas stretching from the swampy jungles of the terai to the crest of the Himalayas and affording space for the upland territories of Kashmir, Kangra, Tehri, Kumaun, Nepal, Sikkim and Bhutan.”

यस आधारले नेपाल कश्मीर, कांगरा, टेहरी, कुमाऊ, सिक्किम र भुटानको सिमसार दलदल सम्पर्ण तराई भाग ‘पर्वताश्रायन’ अर्थात हिमालमा पर्थ्यो।
ग. बिनोदचन्द्र पाण्डेय, के. सिंह, एन.आर. सेठी र आर.एन. मुखर्जी, “विश्वविद्यालय अनुदान आयोग, नई दिल्ली (यू.जी.सी.) एवं डा. राममनोहर लोहिया अवध विश्वविद्यालय, फैजावाद के बी.ए. प्रथम वर्षके दोनो प्रश्न पन्नों के स्वीकृत पाठ्यक्रमानुसार विवेक प्राचीन भारत गाइड”, प्रकाशन केन्द्र लखनऊ, २००५ : ५, लेख्छन् “कपिलवस्तुके शाक्य हिमालयकी तराई में शाक्योंका राज्य था। शाक्यों के राज्य के अन्तर्गत गोरखपुर का पश्चिमी भाग और नेपालका कुछ भाग था। इनकी राजधानी कपिलवस्तु थी।”

घ. रमाशंकर त्रिपाठी, (“प्राचीन भारत का इतिहास” मोतीलाल बनारसीदास, दिल्ली, मुम्बाई, चेन्नाई, कोलकाता, बंगलोर, वाराणसी, पुणे, पटना, २००७ : ६३) लेख्छन् “१– कपिलवत्थु अथवा कपिलवस्तु के शाक्य। शाक्यों का आवास नेपालकी सीमा पर हिमालय की तराई मे था। इनकी राजधानी कपिलवस्तु (आधुनिक तिलौराकोट या उसके आस–पास) था। शाक्य अपनेको इक्ष्वाकु वंशीय मानते थे।”

ङ. कौलेश्वर राय, (“प्राचीन भारत”, किताब महल, इलाहावाद, २००७ : ११६) लेख्छन्- “कपिलवस्तु के शाक्य शाक्योंका राज्य हिमालय की तराई में स्थित था। इसमे गोरखपुरका पश्चिमी भाग और नेपालका कुछ भाग सामिल था।”

च. प्रकाश वस्ती, (“हाम्रो कानूनी इतिहासका केही झाँकीहरू”, पैरवी बुक हाउस, काठमाण्डौं, २०६३ : ५१-५६) लेख्छन् “पूर्व राणा कालीन अदालतहरु- तराईमा आठ तराई अदालत थिए। ”जङ्गबहादुरका पालामा पनि आठ तराई अदालत थिए। देव शमशेर (२० मार्च १९२०) का पालामा चाँर तराई गोश्वारा थिए र चन्द्र शमशेर (वि.सं. १९७९ बैशाख १) ले तराई गोश्वारालाई तराई बडा हाकिम कायम गरे।”

छ. पण्डित रामचन्द्र पाठक, (“भार्गव आदर्श हिन्दी शब्दकोश”, भार्गव बुक डिपो, चौक, वाराणसी, १९९४ : ३१२) लेख्छन्- “तलहटी- (हि.स्त्री. पहाड की तराई)।”

ञ. Ralph Lilley Turner, (“A Comparative and Etymological Dictionary of the Nepali Language,” Adarsh Books, New Delhi, 1931 : 491).

I “मदेश- mades, or madhes, madhyades,- The Plains, India (the madhyadesa– the middle country, i.e. the land lying between the Himalayas and the Vindhyas, Vanasana in Rajputana and Prayag or Allahabad.”
(अर्थात मदेस्/मधेश/मध्यदेश भनेको उत्तरमा हिमालय, दक्षिणमा विन्ध्या, पश्चिममा राजपुताना (राजस्थान) को विनाशना र पूर्वमा प्रयाग अथवा इलाहावाद सम्मको भाग अर्थात दिल्ली वरपरको भागलाई बुझाउँछ।
II “मदेशी- madesi, or madise, madhyadesi” – An inhabitant of the plains, an Indian” Ibid, 1931 : 491.
उपरोक्त दृष्टान्तका आधारमा डा. राउतले ‘प्राचीन भारत का इतिहास’ न पढेर ‘मधेशका इतिहास’ कसरी लेख्नु भयो होला भनेर पाठकहरु आश्चर्य मानेका छन्।

लेकख नेपालको तराई तथा यसका भूमिपुत्रहरु, स्थविरहरुको प्रचीन इतिहास र संस्कृति र Hidden Treasures of the Lowland Nepal का प्रकाशक हुन्।

One thought on “मधेस र मधेसी सम्बन्धमा…

  1. धेरै धेरै धन्यवाद छ, शान्ति ज्यू । यहाँले लेखमार्फत मधेशी राउटलाई ठूलो धक्का दिनु भएको छ ।

Leave a Reply

Your email address will not be published.