विराटनगर- विराटनगरमा आज बिहान एक पाउरोटी उद्योगमा आगलागी हुँदा रु ७० लाखभन्दा बढीको क्षति भएको छ। विराटनगर–१५ भट्टिमोडस्थित चौकमा रहेको सुरेश सहनीको लक्ष्मी पाउरोटी उद्योगमा आज बिहान ४:३० बजे विद्युत् सर्ट हुँदा लागेको आगोले पाउरोटी उद्योगका साथै छिमेकी जुगल सहनीको बोरा उद्योग एवम् गोदाम, मनोहर रायको पसल, छिमेकीको किराना, चिया पसल तथा घरमा क्षति पुगेको प्रहरीले जनाएको छ।
उक्त आगो विराटनगर, इटहरी, इनरुवा, धरान र दमकका गरी पाँचवटा वारुणयन्त्र, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी एवम् स्थानीय जनताको सहयोगमा बिहान ७ बजे नियन्त्रणमा लिइएको छ।
आगोबाट उद्योग र गोदाममा रहेका तयारी एवम् कच्चापदार्थ, मेसिन, लत्ताकपडा, खाद्यान्न तथा भाँडाकुँडा पनि जलेर नष्ट भएको पीडितहरूले बताएका छन्। रासस
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर