संविधान निर्माणसँगै विकासको लागि प्रतिबद्ध छुः सुशीला चौधरी

sushila 2सन्तोष दहित- दाङ क्षेत्र नं. २ की नवनिर्वाचित सभासद् सुशीला चौधरीले अब बन्ने संविधानमा महिलाको अधिकार स्थापित गर्न र विकास निर्माणको सबालमा आफू प्रतिबद्ध रहेको बताएकी छन्। थारु पत्रकार संघ दाङले घोराहीमा गरेको स्वागत तथा बधाइ कार्यक्रममा बोल्दै चौधरीले महिलाको अधिकारको र समग्र दाङको विकासका लागि आफूले संविधान सभा र सदनमा भूमिका खेल्ने बताइन्। उनले थारु जातिलगायत सबै जातिको हकअधिकार सुनिश्चित गरी जनताको लोकतान्त्रिक संविधान निर्माणका लागि संविधान सभामा आफूले सक्रिय भूमिका निर्वाह गर्न प्रतिबद्धता जनाइन्।
थारु पत्रकार संघ दाङका अध्यक्ष सन्तोष दहितको अध्यक्षतामा एवं नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा अध्यक्ष सन्तोष दहित र प्रमुख अतिथि पोख्रेलले खादा र टीका लगाएर सम्मान गरेका थिए। सदस्य लालु चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण पत्रकार रोशन रत्गैयाले गरेका थिए।

Leave a Reply

Your email address will not be published.