सन्तोष दहित- दाङ क्षेत्र नं. २ की नवनिर्वाचित सभासद् सुशीला चौधरीले अब बन्ने संविधानमा महिलाको अधिकार स्थापित गर्न र विकास निर्माणको सबालमा आफू प्रतिबद्ध रहेको बताएकी छन्। थारु पत्रकार संघ दाङले घोराहीमा गरेको स्वागत तथा बधाइ कार्यक्रममा बोल्दै चौधरीले महिलाको अधिकारको र समग्र दाङको विकासका लागि आफूले संविधान सभा र सदनमा भूमिका खेल्ने बताइन्। उनले थारु जातिलगायत सबै जातिको हकअधिकार सुनिश्चित गरी जनताको लोकतान्त्रिक संविधान निर्माणका लागि संविधान सभामा आफूले सक्रिय भूमिका निर्वाह गर्न प्रतिबद्धता जनाइन्।
थारु पत्रकार संघ दाङका अध्यक्ष सन्तोष दहितको अध्यक्षतामा एवं नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा अध्यक्ष सन्तोष दहित र प्रमुख अतिथि पोख्रेलले खादा र टीका लगाएर सम्मान गरेका थिए। सदस्य लालु चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण पत्रकार रोशन रत्गैयाले गरेका थिए।
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर