आफूले उठाएकै भारीबाट किचिँदै एमाओवादी

dil bdr chaudharyदिलबहादुर चौधरी- संविधान सभाको कुरा २००७ सालतिरबाट उठ्दै आएको भएपनि यसलाई संस्थागत रुपमा उठाउने माओवादी नै हो भन्दा गलत नठहर्ला । तर आज आफैले उठाएको संबिधान सभाको भारीबाट आफैं किचिएको छ । आखिर यस्तो किन ? काँग्रेस र एमालेलाई आश्चर्य नभए पनि धेरैलाई यो आश्चर्यको बिषय हुन सक्छ । म पनि आश्चर्य चकित भएको छु । यद्यपि माओवादी देशको ठूलो पार्टी बन्ला भन्ने मेरो बिश्वास पनि थिएन, तथापि तेश्रोमा पनि यति कम सीटले तेश्रो होला भन्ने मलाई चाहिं लागेको थिएन । सबैलाई थाहा भएको कुरा हो कि नेकपा माओवादीले ११ बर्षे द्वन्द्वको भारी, संबिधान सभाको माग र चुनावमा बिसाएको थियो । जनता माओवादीले केही गर्ला भनेर ठूलो दलको रुपमा संबिधान सभामा पठाएsf पनि थिए । तर माओवादीले आफूले उठाएको सवाललाई संबिधान सभामा छलफलमा ल्याउन सकेन । भोटिंगसम्म गराउन सकेन । त्यसलाई नेपाली काँग्रेस, नेकपा एमाले र मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) ले पनि पंगु बनाउँदै लगेकै हो । आफूले उठाएको एजेण्डा ठूला दलहरुकै कारणले लागू गराउन नसकी २ बर्षको संबिधान सभा ४ बर्षको भयो । राज्यको पुनर्संरचनाको सवालले देशमा खैलाबैला मच्यो । राज्यको पुनर्संरचना समिति मात्रै बनेन राज्य पुनर्संरचना आयोग समेत बन्यो । तर ती सब बौद्धिक दरिद्रताका कारणले काम लागेन । अन्ततः संबिधान सभाको हत्या ४ वटै दलको खिंचातानीबाट भयो भन्दा बढ्ता नहोला। अहिले पहिलो संबिधान सभामा सभासदहरुलाई दिइएको मत जनमत थिएन रे ।

दोश्रो संबिधान सभामा दिइएको मत मात्रै जनमत हो भन्ने खालको प्रचारबाजी हुँदैछ । मलाई लाग्छ यो प्रचारबाजी पनि सफा मनसायबाट भइरहेको छैन । ठूलो भएको कारणले कुनै दललाई उकास्नु राम्रो होइन । निश्चय पनि एनेकपा माओवादीको पनि गल्ती कमी कमजोरी थियो र छ । त्यही कमजोरीका कारण उसले उठाएका सवालहरुलाई संबिधान सभामा ल्याउन सकेन । ल्याउन नदिनुमा पनि ठूला दलकै सामन्तवादी चिन्तकहरुकै हात थियो भन्दा अतियुक्ति नहोला । त्यतिबेला माओवादीले उठाएको एजेण्डा मन्तवादीहरुको घाँटीमा हाड भएको थियो भने उत्पीडित जातिहरुको लागि आकाशको फल भयो । लागू गर्दा शासक जातिहरुको घाँटीमा अड्केर मर्ने अबस्थाका कारण उत्पीडित जातिहरुका लागि आकाशको फल हुन पुग्यो । यिनै कारणाले एमाओवादीलाई न त पहाडका जनताले बिश्वास गर्न सके, न त तराईका जनताले । सँधै शासन सत्ता सम्हालिरहेका शासक जातिलाई जातिय तथा क्षेत्रीय स्वशासन र आत्मनिर्णयको अधिकार ठूलै पहाड हुन पुग्यो भने संबिधान सभामा पुगेपछि ती सवाललाई माओवादीले पनि जप्न बिर्स्यो ।

यिनै गल्ती कमीकमजोरीका कारण पहाड र तराईका जनता सन्तुष्ट हुन सकेनन् भने कमीकमजोरीलाई अन्तर्राष्ट्रिय समुदायले पनि थाहा पायो । आज माओवादी त्यसैको परिणती भोगिरहेको छ । आफूले एठाएको भारीबाट आफैं किचिएको छ । ११ बर्ष गरेको सशस्त्र युद्ध दोश्रो संबिधान सभामा टुङ्गिंदैछ । तर उसले उठाएका जल्दाबल्दा कुरा सवाल अब रद्दीको टोकरीमा जाने करिब निश्चित छ । यदि यसो भयो भने उसँग भोलीका दिनमा पनि जनतासामु लिएर जाने सवाल उसँग हुन गार्हो हुन्छ । कुरा गलत पनि हुन सक्छ तर यतिबेला एनेकपा माओवादी भन्दा बास्तवमा नेकपा – माओवादीको सुझबुझ अलि बढी रहेछ भन्ने कुरा चर्चा भैरहेको छ ।

यसरी हेर्ने हो भने यतिबेला नेपाली काँग्रेस र नेकपा एमाले मिले भने दुई तिहाई बहुमत पुग्छ । उसले औपचारिक रुपमा पहिले सहमति र सहकार्यलाई प्राथमिकता देला र नमानेमा पेलेर पनि संबिधान बनाउला । बहुमत पुगेको कारणले ठूला दल पर्खेर बसिरहने अबस्था हुँदैन । आम प्रचलन पनि यस्तै हुन्छ । यस हिसाबले संबिधान बनाउन अब धेरै समय लाग्ने अवस्था देखिंदैन । तर देश संक्रमणकालबाट भर्खर निकास खोजिरहेको बेलामा उसले नेकपा – माओवादी लगायतका ३३ दललाई, एमाओवादी, मधेशबादी दल, जनजाति, मधेशी, मुश्लिमहरुलाई बेवास्ता गरेर अगाडि बढ्न सम्भव देखिंदैन ।

यदि बेवास्ता भयो भने केहि समयको लागि देशले निकास पाउला तर दीर्घकालीन चाहिं हुँदैन । जसरी माओवादी यतिवेला आफूले उचालेको भारीबाट किंचिंदैछ, त्यसरी नै नेपाली काँग्रेस र नेकपा एमाले पनि आफूले गरेको निर्णय र चालेको कदमले समस्यामा पर्न सक्छ र देशले सही निकास पाउँदैन किन कि माओवादी ११ बर्षे सशस्त्र युद्धको अन्त्य बिनाप्रतिफल बिसर्जन गर्न, सन्तुष्ट हुन गार्हो देखिन्छ ।

One thought on “आफूले उठाएकै भारीबाट किचिँदै एमाओवादी

  1. Article is good. It has clear current situation of politics. But there is no any view of writer. He is moving hither and thither. As reader, i expect the view point of writer depending on fact.

Leave a Reply

Your email address will not be published.