काठमाडौं- भगवती चौधरी सानो छँदा आमाले गरेको सामाजिक सेवाबाट प्रभावित हुन्थिन्। गाउँका महिलाविरुद्ध भएका घरेलु हिंसा देखेर केही गरौं भन्ने भावना उनमा पनि थियो। गाउँका फनिलाल चौधरी, शिक्षक गोपालसाहलगायत ‘तिमी हामीजस्ता गाउँमा १००/१०० जना तयार गर्यौं भने त्योभन्दा ठूलो सामाजिक राजनीति केही हुँदैन’ भन्ने आफ्नो श्रीमानको भनाइबाट प्रेरित भएर भगवतीले सामाजिक राजनीतिक अभियान सुरु गरिन्। सुनसरी जिल्लाको मध्यमवर्गीय थारु परिवारमा जन्मेकी भगवती छ जना छोरीमध्ये कान्छी हुन्।
उनका हजुरबुबा गाउँ पञ्चायतको वडाध्यक्षका साथै लोकप्रिय सामाजिक कार्यकर्ता पनि थिए। हजुरबुबा र बुबाको बाहिरी समाजसँग भइरहने सम्पर्कले उहाँहरू ‘छोरीलाई पनि पढाउनुपर्छ’ भन्ने कुरामा सचेत हुनुहुन्थ्यो। तर, स्थानीय समाज रुढीवादी र परम्परावादी भए पनि भगवतीले पढ्ने अवसर पाइन्। उनका बुबा विरनलाल चौधरी छोरीहरूलाई पढाउने सुनसरी जिल्लाको औरावनी गाविसकै पहिलो व्यक्ति थिए।
भगवतीले गाउँको सरस्वती माध्यमिक विद्यालयमा एसएलसीसम्म अध्ययन गरिन्।
उनले २०४६ सालमा प्रविणता प्रमाणपत्र तह, २०५० सालमा स्नातक र २०६४ सालमा समाजशास्त्र विषयमा स्नातकोत्तर सिध्याइन्। २०५० सालमा चितवनको नारायणगढस्थित कलामन्दिरमा थारु सांस्कृतिक समाज काठमाडौंको संयोजन र पर्यटन बोर्डको सहयोगमा सञ्चालन भएको ‘थारु सांस्कृतिक कार्यक्रम’ मा उनले भाग लिएकी थिइन्। क्याम्पस पढ्दै थारु विकास समन्वय परिषद्को सदस्य र उपाध्यक्ष पदमा रही काम गरिसकेकी भगवती चौधरीले सप्तरीको जण्डोल गाविसमा आयोजित ‘अन्तर्राष्ट्रिय थारु सांस्कृतिक सम्मेलन’मा समेत सहभागी जनाइन्।
यस सम्मेलनमा थारुहरूको पहिचान, जाति, थरलगायत बसोबासको अवस्था, स्थिति रकार्यनीतिका विषयमा छलफल हुनुका साथै थारु समुदायबीच अन्तर–जिल्ला विवाहको प्रस्ताव पनि पारित गरिएको थियो। भगवतीको विवाह दिनेश चौधरीसँग २०५१ साल वैशाख २३ गते भयो। अन्तर्राष्ट्रिय थारु सांस्कृतिक सम्मेलनकै क्रममा थारु सांस्कृतिक समाजका अध्यक्ष दिनेश र उनको जोडी साथीहरूले मिलाएका थिए। सुरुमा यो कुराको भगवतीले आपत्ति जनाए पनि साथीभाइले सल्लाह र सुझाव दिएर सम्झाएपछि उनी मानेकी थिइन्। त्यसपछि साथीहरू भगवतीको घरमा गई बुबा र भिनाजुसँग विवाहको कुरा चलाएर सप्तरी सम्मेलनमा फर्केकी थिइन्।
उनको विवाह पाँच हजार प्रतिनिधिको उपस्थितिमा सम्पन्न भयो। यस विवाहको उद्देश्य सकटी ६४ प्रथालाई कम गराउनु र थारु समुदायको अन्तर–जिल्ला सम्बन्ध बिस्तार गर्नु थियो। उनले थारु समाजको सकटी विवाह प्रथाको उन्मूलनका लागि उदाहरणीय भूमिका निर्वाह गरेकी थिइन्। भगवतीले २०४६ सालको जनआन्दोलनमा पनि सक्रिय भएर काम गरेकी थिइन्। थारु विकास समन्वय परिषद्को सदस्यदेखि उपाध्यक्षसम्म भएर उनले त्यहीँबाट सामाजिक राजनीति सुरु गरिन्। नेकपा एमालेको गाउँ कमिटीको साधारण सदस्य रहेकै बखत मदन भण्डारीले महेन्द्र मोरङ क्याम्पसमा गरेको भाषणबाट कम्युनिष्ट पार्टीले गरिब र सर्वहारा वर्गको नेतृत्व गर्छ भन्ने छाप उनमा परेको थियो। उनले २०४८ सालको चुनावमा आफ्नो गाविसबाट नेकपा एमालेलाई सहयोग पुर्याएकी थिइन्।
२०६२ सालमा तत्कालीन राजा ज्ञानेन्द्रले जारी गरेको घोषणापत्र सप्तरीको राजविराजमा जलाउँदा उनी एक दिन जेलमा पनि परिन्। भगवतीलाई सानै उमेरदेखि नै महिलाको हकहितका लागि काम गर्नुपर्छ, महिलामाथि हुने हिंसाविरुद्ध आवाज उठाउनुपर्छ, छुवाछुत र जातीय भेद्भावको अन्त्य गर्नुपर्छ भन्ने लाग्थ्यो। त्यसैले उनले भेदभावविरुद्ध घरदेखिनै आवाज उठाउँदै आइन्। घरमा काम गर्ने मानिसलाई गरिने व्यवहारमा परिवर्तन गरी समान व्यवहारगर्न सिकाइन्। परिवारका सबै सदस्यले घरमा काम गर्न राखिएका मानिसलाई बोलाउने भाषा र गर्ने व्यवहारमा परिवर्तन गर्न लगाइन्।
२०४८-४९ तिर उनी रेडियो नेपालको रिर्पोटर भएर ६ महिना काम गरिन्। २०५१ साल पुसमा भगवतीले ग्रामीण महिला उत्सुकता विकास मञ्च ‘फरवार्ड’नामक संस्था स्थापना गरी त्यसलाई २०५२ सालमा विधिवत दर्ता गराइन्। प्याक्ट नेपाल, समाजकल्याण परिषद्, युनिसेफ, प्लान नेपालजस्ता संस्थासँगको साझेदारीमा फरवार्डले काम गरेको थियो। फरवार्ड संस्था खोलेपनि २०५२-५३ तिर उनी २ वर्ष जति समाजकल्याण परिषद्मा सहायक निर्देशक भएर काम गरिन्। २०५९ मा नेपाल राष्ट्र बैंकसँग इजाजत लिएर महिलालाई बचतमा सामेलगराइ फरवार्डले विपन्न वर्गका समुदायलाई ऋण दिएकी थिइन्। यही कार्यक्रमबाट सहयोग लिएका व्यक्तिहरूका सानासाना झुपडी घरमा परिवर्तन भएको भगवतीको भनाइ छ । चर्पी बनाउन ऋण दिएको प्रसङ्ग उल्लेख गर्दै उनी भन्छन्, ‘यस कार्यक्रमले स्थानीय जनताको जीवनस्तर उकास्न धेरै सहयोग पुगेको थियो। साथै यसले २०० भन्दा बढी युवालाई रोजगारी प्रदान गरेको छ।’
भगवती २०५९ सालमा गैरसरकारी संस्था महासङ्घको केन्द्रीय सदस्य तथा २०६२-६३ को पाँचौ महाधिवेशनबाट कोषाध्यक्षमा निर्वाचित भइन्। महासङ्घ र फरवार्डले लघुवित्त कार्यक्रम सञ्चालन गरी महिला ६६ थारु समुदायमा केटा र केटीको पक्षबाट विवाहको कुरा पक्का गरिने प्रथा, जसमा भोज भतेर कार्यक्रम तथा दाइजो दिने चलन रहेको छ। यो प्रथा विवाह गर्नु केही वर्ष वा महिना पूर्व गरिने चलन छ। सशक्तीकरण गर्न जीविकोपार्जनमुखी आर्थिक विकास गर्ने र पुँजी व्यवस्थापन गरी रोजगारीको सिर्जना गर्नेजस्ता कार्यक्रम गरेका छन्। फरवार्डले ४८ हजार महिला सदस्यसँग प्रत्यक्ष काम गरी सफल परिणाम देखाएको छ।
२०६३ सालमा भगवतीले नेकपा एमालेको सङ्गठित सदस्यता नवीकरण गरी उनी जिल्ला कमिटीको मनोनित सदस्यसमेत भइन्। २०६४ सालमा उनका श्रीमानको सडक दुर्घटनाबाट मृत्यु भयो। आफ्नो प्रेरणादायी जीवनसाथीको आकस्मिक मृत्युले असाध्यै मर्माहत भएर केही समय उनले पार्टीलगायत संस्थाका कुनै पनि काममा संलग्न थिए। तर यस्तो अवस्थामा नेकपा एमाले पार्टीका शुभचिन्तक साथीले दुःख बिर्सन सजिलो हुन्छ भन्दै उनलाई क्षेत्र नं. ३ को जिल्ला सङ्गठन बिस्तारको आर्थिक जिम्मा दिएका थिए। २०६४ सालको चुनावमा क्षेत्र नं. ३ बाट विजय गच्छदारलाई चुनौती दिन भगवतीले चुनाव लड्नुपर्छ भन्ने कुरा स्थानीय जनता र पार्टीबाट आएको थियो, तर उनी मानेन्। तर भगवती चुनावमा नउठ्नु भए पनि उनले चुनावमा खटेको देखेर जनताले भगवती नै उम्मेद्वार हो कि भन्ने गरेको पनि उनी अझै सम्झिन्छन्। तर, नेकपा एमालेले उनलाई लघुवित्त विशेषज्ञका रुपमा संविधान समा मनोनयन गर्यो। भगवतीलाई संविधान लेखेर मुलुक र शोषित-पीडित जनताको अधिकार स्थापित गर्नका लागि केही काम गर्न सक्छु भन्ने लागेको छ।
संविधान सभाभित्रको अनुभवबारे उनी भन्छन्, ‘केही नयाँ कुरा सिक्न पाएँ। देशविदेशको संविधानबारे बुझ्ने मौका पाएँ। संविधानमा राख्नुपर्ने मुद्दाहरू उठाउन पाएँ।’ तर संविधान सभामा महिला र पुरुषमा केही विभेद् रहेको उनले देखे। जस्तै, संविधान सभामा महिलालाई बोल्न कम प्राथमिकता दिने, पहिले नाम टिपाए पनि पछि बोल्न दिइने, समय कम दिइने गरेको उनको अनुभव छ। उनी भन्छिन्, ‘एक पटकमात्र बोल्नका लागि ९ मिनेट समय पाएकी थिएँ।’ गहन विषयमा महिला, आदिवासी जनजाति, मधेसी, दलित र अन्य पछाडि पारिएका समुदायलाई सहभागी गराइँदैन ।’ राति राति हुने संविधान सभाका छलफलमा पुरुषजत्तिकै महिला बस्न नसक्ने पनि उनको अनुभव छ। भगवती संविधान सभाअन्तर्गत संवैधानिक अङ्गको संरचना निर्धारण समिति तथा व्यवस्थापिका संसद्अन्तर्गत अर्थ र श्रम समितिमा सदस्य भएकी थिइन्।
समितिका बैठकमा उनले नियमावली बनाउँदा महिला तथा बालबालिकाका लागि अलग्गै समिति हुनुपर्ने, अपाङ्ग तथा महिला आयोगलाई संवैधानिक आयोग बनाउनुपर्ने, संवैधानिक अङ्गहरूमा समावेशी, समानुपातिक र लैङ्गिक आधारमा ३३ प्रतिशत स्थान सुरक्षित गर्नुपर्ने, तराईका आदिवासी तथा थारुका लागि छुट्टै आयोग बनाइनुपर्ने, सामूहिक बचत गर्नेहरूका लागि कर नलाग्ने व्यवस्था हुनुपर्ने, रु ५ लाखसम्मका महिला उद्यमीलाई कर छुट हुनुपर्ने तथा श्रमिकलाई अतिरिक्त पारिश्रमिक बोनसको व्यवस्था गरिनुपर्नेजस्ता मुद्दाह उठाएकी थिइन्। भविष्यमा व्यक्तिगत स्वार्थभन्दा जनताको पक्षमा निरन्तर लडिरहने र जनताका आवश्यकतालाई लिएर सामाजिक राजनीतिमा स्पष्ट दृष्टिकोण बनाएर अघि बढ्ने भगतवतीको सोच छ।
व्यक्तिगत विवरण:
नाम: भगवती चौधरी
ठेगाना स्थायी : दुहवी—३, सुनसरी, कोशी
जन्म मिति : २०२८/०१/२
जन्म स्थान : औरावनी–३, सुनसरी
आमाको नाम : स्व. लिटिया देवी चौधरी थारुनी
बुबाको नाम : बिरन लाल चौधरी
श्रीमान्को नाम : स्व. दिनेश चौधरी
शिक्षा : स्नातकोत्तर
राजनीतिक दल : नेकपा (एमाले)
महिला सभासद् समूह (ककस)बाट साभार