सन्तोष दहित, दाङ-
उठि जागि सक्कु हम्र थारु संघारी
बनाई परल संविधान ओ कानुन संघारी
कौन ज स्वदेशम त कौन ज प्रदेशम
जहा रलसेफे अभिमत एक जमाई संघारी
एक एक बुँदले त समुन्द्र बनलबा
बुँदा बुँदा मिलकसक एकजुट समाज बनाई संघारी
यो गजल साहित्यक बखेरी भाग-३ को कार्यक्रममा साउदी अरबबाट बुद्धिराम चौधरीले फोनमार्फत् सुनाए। दाङको साहित्यकारहरुले साहित्यक बखेरी नाम दिएर प्रत्येक महिनामा साहित्यक कार्यक्रमको आयोजना गर्दै आएका छन्। यसै कार्यक्रमअन्तर्गत थारु साहित्यकारहरुको जमघट प्रत्येक महिनाको एकपटक दाङमा हुँदै आएको छ। यस महिनामाको भाग-३ मा विदेशबाट समेत सहभागिता जनाए।
आयोजकले विदेशमा बस्ने थारु साहित्यकारका लागि स्काइप फोन, अनलाइन र फोनको व्यवस्था गरेको थियो। अरु कार्यक्रमभन्दा भिन्न तरिकाले राखेको यस र्काक्रममा कतार, साउदी अरेबिया, मलेसिया, दुबई, बेलायलगायतका देशबाट साहित्यकारले भाग लिएए।
कार्यक्रममा ३ दर्जनभन्दा बढी साहित्यकारले आफ्नो कविता, गजल, गीत, मुक्तक वाचन गरेका थिए। कार्यक्रमको संयोजन पत्रकार तथा साहित्यका सन्तोष दहितले गरेका थिए। त्यसैगरी साहित्यक बखेरी भाग-४ का लागि साहित्यार तथा गायक रोशन रत्गैयालाई संयोजनको लागि जिम्मेवारी दिइएको छ।
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर