२ सय ४० निर्वाचन क्षेत्रको उम्मेदवारी दर्ता, को कहाँबाट परे?

top rank leade in CA nepalकाठमाडौं- विभिन्न राजनीतिक दलले २ सय ४० वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएका छन्। बिहीबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म गरिएको दर्तामा झन्डै ६ हजार उम्मेदवारले प्रत्यक्षतर्फ उम्मेदवारी दिएको जनाइको छ। केही शीर्ष नेताले दुई निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका छन्। केहीले स्वातन्त्र उम्मेदवारी दिएका छन्। असन्तुष्टहरु भने आफ्नै पार्टीविरुद्ध बागी उम्मेदवार बनेका छन्।

शीर्ष नेताहरु कहाँबाट?

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल काठमडौं-१० र सिरहा-५ बाट उम्मेदवारी दर्ता गराएका छन्। कांग्रेस सभापति सुशील कोइराला बाँके-३ र चितवन-४, एमाले अध्यक्ष झलनाथ खनाल इलाम-१ र सर्लाही-१ बाट उम्मेदवारी दर्ता गराएका छन्। माधवकुमार नेपाल काठमाडौं-२ र रौतहट-१, बाबुराम भट्टराईले गोरखा-१ र रुपन्देही-४ बाट, कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवा डडेलधुरा र कैलाली- ६ बाट उम्मेदवारी दिएका छन्। एमाले नेता केपी ओली झापा-७, बामदेव गौतम प्यूठान-१ र बर्दिया-१, एमाओवादी नेता नारायणकाजी श्रेष्ठ मकवानपुर-२, कांग्रेस उपसभापति रामचन्द्र पौडेल तनहुँ-२, कांग्रेस महामन्त्रीद्वय प्रकाशमानसिंह र कृष्ण सिटौला क्रमशः काठमाडौं-१ तथा झापा-३ बाट उम्मेदवारी दिएका छन्।

एमाले महासचिव ईश्वर पोखरेल काठमाडौं- ५, एमाले सचिव विष्णु पौडेल रुपन्देही ४ बाट उम्मेदवार भएका छन्।

मधेसी दलका नेताहरु कहाँबाट उम्मेदवारी दिए
madhesh netaमधेसवादी दलका नेता उपेन्द्र यादव, विजयकुमार गच्छदार र शरतसिंह भण्डारीले दुई-दुई क्षेत्रबाट उम्मेदवारी दिएका छन्। मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले सुनसरी ५ र मोरङ ५ बाट उम्मेदवारी दिएका छन्। विजयकुमार गच्छदारले सुनसरी ३ र मोरङ ७ मा उम्मेदवारी दिएका छन्।
राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारीले महोत्तरी १ र ६ बाट उम्मेदवारी दिएका हुन‍्।

तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर सर्लाही-६ तथा सदभावना अध्यक्ष राजेन्द्र महतो र तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय सर्लाही-४ मा भिड्दैछन् । फोरम(गणतान्त्रिक)का अध्यक्ष राजकिशोर यादव सिरहा-६, संघीय सद्‌भावना पार्टीका अध्यक्ष अनिलकुमार झा रौतहट-१, राष्ट्रिय मधेस समाजवादी पार्टी अध्यक्ष शरदसिंह भण्डारी महोत्तरी १ र ६ बाट उम्मेदवारी दिएका छन् ।

बागी उम्मेदवार
प्रमुख दलभित्रै केही बागी उम्मेदवार उठेका छन्। कांग्रेस सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवार खडा भएका छन्। टिकट नपाएपछि पार्टी परित्याग गरेकी पूर्वसभासद् सुप्रभा घिमिरेले युवा नेता गगन थापाविरुद्ध उम्मेदवारी दिएकी छन्।
कांग्रेस सभापति कोइरालाविरुद्ध चितवनका पूर्वसभापति विकास कोइरालाले क्षेत्र नं. ४ बाट बागी उम्मेदवारी दिएका छन्। उनले क्षेत्र नं. ३ बाट पनि उम्मेदवारी दर्ता गराएका छन्। ग्रेस उपसभापति पौडेल पौडेलविरुद्ध तनहुँ क्षेत्र नं. २ मा तरुण दलका केन्द्रीय सदस्य पूर्णबहादुर गुरुङले बागी उम्मेदवारी दिएका छन्।
अघिल्लो संविधानसभामा चुनाव जितेकी सुप्रभाले प्रत्यक्षमा दाबी कायम राख्दै पार्टी परित्याग गरेर भए पनि युवा नेता गगन थापाविरुद्ध उम्मेदवारी दिएकी छन्। ललितपुर १ मा कांग्रेसका उदय शमसेर राणाविरुद्ध कांग्रेसकै गणेशकुमार केसीले उम्मेदवारी दर्ता गरेका छन्।
धनुषा- १ का एमाओवादी उम्मेदवार रामचन्द्र झाविरुद्ध एमाओवादी नेता श्रवण यादवले बागी उम्मेदवारी दिएका छन्। एमाओवादी काठमाडौं- ३ मा गणेश रेग्मीविरुद्ध गणेशबहादुर तामाङले बागी उम्मेदवारी दिएका छन्।
अघिल्लो संविधानसभामा काभ्रे १ बाट धेरै मतअन्तरले विजयी भएका सूर्यमान दोङविरुद्ध वाइएल जिल्ला सदस्य तेजप्रसाद गौतमले उम्मेदवारी दिएका छन्। ललितपुर २ मा एमाओवादी उम्मेदवार सरोज डंगोलविरुद्ध जनक थापाले उम्मेदवारी दिएका छन् ।

bijay gटिकट नपाएपछि एमाओवादी नेता सद्‍भावनामा
एकीकृत माओवादीका केन्द्रीय सदस्य तथा पूर्वसभासद् शिवचन्द्र कुशवाहाले पार्टी परित्याग गरी राजेन्द्र महत्तो नेतृत्वको सद्‍भावना पार्टीमा प्रवेश गरेका छन्। गत संविधान सभामा भारी मतले विजयी भएका कुश्वाहा १ नम्बरमा जिल्लाबाट सिफारिस भए पनि टिकट नदिएपछि उनी महत्तो नेतृत्वको सद्‍भावनामा प्रवेश गरेका हुन्।
निर्वाचन आयोग कलैयामा सद्‍भावनाबाटै बारा–२ बाट उम्मेदवारी दर्तामा गराएका छन्। पार्टी आन्तरिक संघर्षमा बाबुराम भट्टराई निकट मानिने कुशवाहालाई केही दिनअघि मात्र जिल्ला संयोजकको जिम्मेवारीबाट पनि मुक्त गराइएको थियो।

थारु नेताहरु सूचीअनुसारै दर्ता गराए
थारु नेताहरुले पनि यसअघि सार्वजनिक भएको सूचीअनुसारै उम्मेदवारी दर्ता गराएका छन्। फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदारले सुनसरी ३ र मोरङ ७ बाट उम्मेदवारी दर्ता गराएका छन्। उनको विरुद्धका नेकपमा एमालेबाट भगवति चौधरी र नेपाली कांग्रेसबाट शेखर कोइरालाले उम्मेदवारी दर्ता गराएका छन्। सोही पार्टीका उपाध्यक्ष गोविन्द चौधरी रौतहट ५ बाट उम्मेदवारी दर्ता गराएका छन्। रामजनम चौधरी कैलाली २ मा दर्ता गराएका छन् भने थरुहट तराई पार्टी नेपालबाट फोरम लोकतान्त्रिक छिरेका लक्ष्मण थारु कैलाली ६ बाट उम्म्दवारी दिएका छन्। उनको नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवासँग भिडन्त हुने भएको छ।umakant

त्यस्तै नेपाली कांग्रेसका बलिया थारु उम्मेदवार उमाकान्त चौधरी बारा ५ क्षेत्रमा उम्मेदवारी दर्ता गराएका छन्। उनको नेकपा एमालेका बलबीर चौधरीसँग भीडन्त हुनेछ। त्यस्तै सुरेन्द्र चौधरी पर्सा ४ बाट उम्मेदवारी दर्ता गराएका छन्। एमालेका नेतृ शान्ता चौधरी दाङ २ क्षेत्रमा उम्मेदवारी दर्ता गराएकी छन्।

 

Leave a Reply

Your email address will not be published.