नवनिर्वाचित समितिलाई कार्यभार हस्तान्तरण

शेषनारायण झा, अबुधाबी- गैरआवासीय नेपाली सङ्घ संयुक्त अरब इमिरेट्सको नवनिर्वाचित कार्यसमितिलाई निवर्तमान समितिले कार्यभार हस्तान्तरण गरेको छ। यूएइका लागि नेपाली राजदूत धनन्जय झाको प्रमुख आतिथ्यतामा अबुधाबीस्थित नेपाली राजदूतावासमा गत शुक्रबार उक्त हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो।

सङ्घका निवर्तमान अध्यक्ष चन्द्रबहादुर रोका, महासचिव सन्तोष प्रसाईं र कोषाध्यक्ष कपिल खड्काले वर्तमान कार्यसमितिका अध्यक्ष कृष्णप्रसाद भुसाल र अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यलाई संयुक्त रूपमा सङ्घको निर्णयपुस्तिका हस्तान्तरण गरे।

सो अवसरमा राजदूत झाले नेपाल सरकारले विदेशमा मान्यता दिएको एक मात्र संस्था गैरआवासीय नेपाली सङ्घ भएकाले दुःखित र पीडित नेपालीको राहत र उद्धारमा बिनाभेदभाव र बिनास्वार्थ लाग्न सुझाव दिए। रासस

Leave a Reply

Your email address will not be published.