हरायो ‘ट्याटु’ खोप्ने परम्परा

1 tatu pसन्तोष दहित, दाङ- करिब १०/१२ वर्षअघि थारु समुदायका महिलाको हातखट्टामा विभिन्न आकृतिका चित्र खोपिएको देख्‍न पाइन्थ्यो। त्यो क्रम अहिले लोप हुँदै गएको पाइन्छ। अहिले वृद्धवृद्धाका शरीरमा मात्र त्यस्ता आकृति देख्‍न पाइन्छ। समयको परिवर्तनसँगै थारु महिलाले यस्ता आकृति खोप्न बन्द गरेको विज्ञहरु बताउछन्। 
पहिले पहिले थारु समुदायमा विवाहित महिलाले अनिवार्यरुपमा आकृति खेप्‍नुपर्ने चलन थियो। त्यसले कुनै पनि महिला विवाहित भएको जनाउँथ्यो। विज्ञहरुका अनुसार त्यतिबेला थारु महिलामा सिन्दुर लगाउने चलन थिए। त्यही खोपेको आकृतिले महिलाहरु विवाहित हुन् वा हैनन् भनेर छुट्याउँथ्यो। पछिल्लो समयमा सिन्दुर हाल्ने प्रवृतिले नै शरीरमा आकृति बनाउने चलन हराएको स्वयं थारु महिलाहरु बताउँछन्।

घोराही नगरपालिका-२ का गुदासी चौधरी भन्छिन्, ‘त्यतिबेला थारु समुदायमा विहे भएपछि हातखुट्टामा अनिवार्यरुपमा चित्र खोप्नुपथ्यो।’ ‘विहे हुनेवितिकै पैतलादेखि घुँडासम्म फलामको सियोले कालो मसिजस्तै पदार्थ लगाएर खोप्नु (छेड्नु)पर्थ्यो,’ उनले भनिन्, ‘किनकि त्यतिवेला थारु समुदाका महिलाहरुमा विवाहपछि सिउँदोमा सिन्दुर हाल्ने चलन थिएन।’
उनका अनुसार चित्र नखोपेका महिलाहरुलाई अविवाहित भन्ने गरिन्थ्यो। उनले त्यो कुरा आफूलाई ठीक नलागेको बताइन्। उनले त्यही कारणले आफू पनि विवाहपछि कुनै आकृति नबनाएको बताइन्। ‘पहिलेदेखि नै नराम्रो चलनलाई हटाउने अभियानमा थिएँ,’ उनले भने, ‘चेतनासँगै त्यो परम्परा आफैं हराएर गयो।’ आकृति बनाउँदे धेरै पीडा हुने गरेको उनले बताइन्। उनका अनुसार कोही कोही महिला त आकृति बनाउँदा बनाउँदै बेहोस हुन्थिन्।

त्यही थारु परम्परालाई अहिलेका युवाहरुले पछ्याउँदै आएको उनीहरु बताउँछन्। ‘अहिलेका सेलिब्रेटी तथा आम मानिसहरुले शरीरका विभिन्न अंगमा ट्याटु खोपेका हुन्छन्,’ उनले भनिन्, ‘त्यो परम्पराको थालनी हाम्रै समुदायबाट सुरु भएको थियो।’ युवाहरुमा अहिलेसम्म यस्तो परम्परा कायम रहेकोमा उनी खुसी भएको बताइन्।

Leave a Reply

Your email address will not be published.