माग पूरा नगरेको भन्दै पूर्वकमलरीद्वारा फेरि सिंहदरवार घेर्ने चेतावनी

Kamalari Lifestyleदेवेन्द्र बस्नेत, दाङ- सरकारसँग भएको १० बुँदे सम्झौता कार्यान्वयन हुने ‘छाँट’ नदेखिएपछि पूर्वकमलरीहरु फेरि आन्दोलनको तयारीमा जुटेका छन्। आन्दोलनरत पूर्वकमलरी र सरकारबीच जेठ २४ मा भएको १० बुँदे सहमति कार्यान्वयनमा सरकार उदासीन बनेको भन्दै पूर्वकमलरीहरुले फेरि आन्दोलनको तयारी थालेका हुन्।
कमलरी प्रथा उन्मुलनका लागि संयुक्त संघर्ष समितिले शनिबार घोराहीमा पत्रकार सम्मेलन गरी आन्दोलनको तयारी पश्चिम तराईका पाँचै जिल्लामा भैरहेको जानकारी गराएको हो। ‘जेठ २४ गते भएको सम्झौता कार्यान्वयन गर्न सरकारले चासो देखाएको छैन,’ संघर्ष सममितिका सहसंयोजक उर्मीला चौधरीले भनिन् ‘माग पूरा हुने छाँट नदेखिएपछि फेरि आन्दोलनको पूर्व तयारीमा लागेका छौं।’ उनीहरुले सरकारलाई सम्झौता कार्यान्वयन गर्न आगामी साउन २ सम्मको अल्टिमेटम दिएका छन्। उक्त अवधिमा पनि माग पूरा नभए फेरि सिंहदरवार केन्द्रित आन्दोलन हुने पत्रकार ससम्मेलनमा जानकारी दिइयो। आन्दोलनकै पूर्व तयारीका लागि पूर्वकमलरीहरुले गाउँगाउँमा चामल, नुन, तेललगायत खाद्यान्न जुटाउन सुरु गरिसकेको संघर्ष समितिले जनाएको छ। ‘फेरि आन्दोलन गर्नुपर्ने अवस्था आइसकेको देखेका छौं,’ संघर्ष समितिका संयोजक चन्द्रकुमार चौधरीले भने, ‘आन्दोलनका लागि गाउँगाउँबाट खाद्यान्न संकलन गर्ने काम भइरहेको छ।’
सरकारसँग गरिएका सम्झौतामध्ये हालसम्म आन्दोलनका क्रममा पक्राउ परेका पूर्वकमलरीलाई रिहा गर्ने र आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचार खर्च बेहोर्ने काममात्रै भएको संघर्ष समितिले जनाएको छ। लालमटियाकी सिर्जना चौधरीको हत्या दावी गरेका पूर्वकमलरीहरुले उनको हत्यामा संलग्न भएको आरोप लगाइएका ललितपुर चाकुपाटका युवराज पौडेललाई हालसम्म पक्राउ नगरिएको बताएका छन्। यसैगरी कमलरी राखेका अन्यलाई समेत नियन्त्रणमा लिइ कारबाही गर्ने सम्झौता पत्रमा उल्लेख भए पनि त्यो मागसमेत कार्यान्वयन नभएको सम्झौता कार्यान्वयनका लागि दबाब दिन गठित दबाब समूहका संयोजक तथा पूर्व सभासद् शान्ता चौधरीले बताइन्। ‘अहिलेसम्म हाम्रा प्रमुख माग कुनै पनि पूरा भएका छैनन्,’ चोधरीले भनिन्, ‘राज्यको यो निरिहपनको विरुद्धमा फेरि आन्दोलनको आवश्यक्ता महसुस हुँदै गएको छ।’ सरकारसँग २४ जेठमा भएको सम्झौतामा सृजना चौधरीको हत्यामा संलग्नलाई कारबाही गर्ने, आन्दोलनका क्रममा घाइते पूर्वकमलरीको उपचार खर्च सरकारले बेहोर्ने, सृजना चौधरीको परिवारलाई पाँच लाख रुपैयाँ राहत उपलव्ध गराउने, बेपत्ता कमलरीको अवस्था पत्ता लगाउने, कमलरी शिक्षा निर्देशिका २०६ड लाई परिमार्जन गर्ने, मन्त्रिपरिषद्‍बाट एक महिनाभित्रै कमलरीमुक्त राष्ट्र घोषणा गर्ने, पूर्वकमलरीलाई परिचयपत्र वितरण गर्ने, कमलरी बसाइ क्रममा आमा बनेका कमलरीका सन्तानलाई अंशको अधिकार सुनिश्चित गर्न प्रकृया अगाडि बढाइनेलगाइतका १० बुँदा उल्लेख छन्।

प्रेश विज्ञप्ति पढ्नुस्

आदणीय पत्रकारहरु
गत २०६९ चैत्र १४ बुधवार का दिन, लालमटिया दाड.कि १२ वर्षीया सृजना चौधरीको कमलरीकैरुपमा वधुवा बालमजदुर बनिरहेकै अवस्थामा चाकुपाट ललितपुर स्थित मालिकको यवराज पौडेलको डेरामा मटि्टतेल छर्केर आगोमा जलेर मृत्यू भयो भन्ने खबर आयो।
यस घटना तथा कमलरी माथी भईरहेको हत्या,वलात्कार,यौैनशोषण वेपत्ता लगायतका घटनालाई लिएर तपाईहरु सवैको सहयोगमा कमलरीहरुलगायत विभिन्न सरोकारवाला संघ संस्था,राजनैतिक पार्टी,नागरिक समाजको पहलमा भएको ऐतिहासिक कमलरी प्रथा उन्मलन गरौ बालिका बचाऔ आन्दोलनका कारण नेपाल सरकारले मिति२०७०।२।२४गते का दिन गरेको १० वदे सहमति व्यावहारिक रुपमा हाल सम्म कार्यन्वयनकालागी मिति २०७०।३।७ वसेको कमलरी प्रथा उन्मलनकालागी संयत्क संघर्ष समितिको वैठकले गरेको निर्णय पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्न गइरहेकोकरा जानकारी गराउन चाहन्छौ।

१)सम्झौता अनसार सृजना चोधरीको मृतयको घटना छिटो भन्दा छिटो यथार्थ सत्य तथ्य सार्वजनक गर्न मागगर्द छौ। र निज यवराज लगायत सृजना चौधरीलाई नेपाल कानन अनसार १४ वर्ष मनीको बालमजदर राखेको र बाल बालिका ओसार पसार अन्तरगत निजहरुलाई तत्कालै हिराशतमा लिई कारवाही अगाडी वढाई मृत्यको घटनालाई छानविन गरि दोषीहरुलाई कडा भन्दा कडा कारवाही गरि सम्झौता लाग गर्न जोडदार माग गर्दछौ।
२)सम्झाौतामा भएका सम्पर्ण वदाहरु कार्यन्वयन गराउनकालागी पर्व सभाषद शान्ता चौधरीको संयोजकत्वमा दवाव समह गठन भएको जानकारी गराउन चाहन्छौ। यसै साथ सरकार संग सवै सम्झौताहरु श्रावण २ गते भित्र कार्यन्वयन अगाडी वढाउन माग गर्द छौ। सरकारले कार्यन्वय नगरेमा श्रावण २ गते बाट कडा भन्दा कडा आन्दोलन गर्न संषर्ष समिति बाध्य हने करा नेपाल सरकारलई अवगत गराउन चाहन्छौ।आन्दोलनबाट हने सवै किसिमको जिम्मेवारी नेपाल सरकार हने छ।
अन्तमा कमलरी प्रथा उन्मलन गरौ बालिका बचाऔ आन्दोलनमा सहयोगगर्ने सम्पर्ण पत्रकार,व्यापारी,वद्धिजिवी,राजनिति दल,संघसंस्था,मानव अधिकारवादी,विद्यार्थी ,नागरिकसमाजलगायत सम्पर्णलाई धन्यवाद दिदै आगामी दिनमा पनि तपाईहरुको सयोगको अपेक्षा राख्द छौ।
नेपाल सरकार संग भएको सम्झौता यसै साथ राखिएको व्यहोरा जानकारी गराउन चाहन्छौ।

………..
संयोजक
चन्द्र कमार चौधरी
कमलरी प्रथा उन्मलन कालागी संयत्क संघर्ष समिति र था क स केन्द्रिय अध्यक्ष

Leave a Reply

Your email address will not be published.