कमलरी पिट्ने खिलराज सरकारको ट्विटरमा चर्को विरोध

हक अधिकारको माग गर्दै सिंहदरवार घेराऊ गर्न गएका कमलरीमाथि प्रहरीले दमन गर्‍यो। प्रहरीको लठी र बुटको कुटाइले दर्जन कमलरी घाइते भइन्। अहिले पनि तीन कमलरी अस्पतालमा उपचाररत छन्। पेट, हात र खुट्टामा गम्भिर चोट लागेका उनीहरुलाई नर्भिक अस्पताल पुर्‍याइएको छ। प्रहरी दमनको समाजिक सञ्जाल फेसबुक र ट्विटरमा चर्को विरोध भयो। मालिकबाट पीडित कमलरीलाई राज्यलेसमेत पीडा दिँदैछ भन्दै ट्विटेहरुले निर्दलीय सरकारका अध्यक्ष  #खिलराज रेग्मीलाई विरोध जनाएका छन्।

हेरौं समाजिक सञ्जालमा बहस :

One thought on “कमलरी पिट्ने खिलराज सरकारको ट्विटरमा चर्को विरोध

  1. कम्लहरी आन्दोलनमा दमन गर्ने नालायक सरकार मुर्दाबाद, कम्लहरी को माग सुनुवाई गर कम्लहरी ले आज कुनै सरकार मागेको छैनन न त कुनै मन्त्रि को कुर्शी मागे का छन् कम्लहरी ले आज न्याय मागी रहेका छन् कम्लहरी को हत्या गर्ने आपराधि लाइ कारबाही गर कम्लहरी को आधिकार लाइ सुनिस्चित गर कम्लहरी माथि बुट बजार्ने सरकार चाहिदैन कम्लहरी आन्दोलन दमन गर्न पाइदैन कम्लहरी माथि बुट बजार्न लगाउने गृह मन्त्रि राजिनामा दे बुट बजार्ने र लाठि हान्ने पुलिस लाई कारबाही गर ! राजनतिक दल भनौदा नेता कार्यकर्ता ले आज कम्लहरी को आन्दोलन को रमिता हेरी रहेका छन् खै आज राजनतिक दल को कुनै समर्थन कि सबै राजनतिक दल देखी लियर सुकिला मुकिला बर्ग सबै ले घरमा कम्लहरी र बाल नोकर राखेको ले त होइन खुट्टा कमाइ रहेको? यदि यसो हो भने आउदो निर्बाचन मा वोट माग्न कसरि आउदा रहेछौ ………………..? नेपाली जनता को छोरा छोरी लाइ नोकर बनाइ आत्याचार गर्ने यौन शोसन गर्ने लाइ कारबाही गर्न नसक्ने नालायक खिलराज सरकार मुर्दाबाद, मुर्दाबाद, मुर्दाबाद!

Leave a Reply

Your email address will not be published.